धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा सनिवार देखी शुरु भएको अन्तरपालिका स्तरिय शहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटवल प्रतियोगीताको उद्धघाटन खेलमा धनकुटा नगरपालिकाले विजयी शुरुवात गरेको छ । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगीताको उद्धघाटन खेलमा धनकुटा नगरपालिका फुटवल टिमले महालक्ष्मी नगरपालिका फुटवल टिमलाई सुन्यको विरुद्ध ८ गोल गरेर विजयी सुरुवात गरेको हो ।

प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङसंग सामुहिक तस्विर लिदैं खेलाडी लगायत अन्य अतिथिहरु ।
प्रतियोगीताको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा वत्ति बालेर समुद्धघाटन गरेका छन् । सो अवसरमा वोल्दै तामाङले भने–‘धनकुटामा अन्तराष्ट्रिय स्तरको शहिद भिमनारयण श्रेष्ठ गोल्डकप जस्ता प्रतिष्ठित फुटवल प्रतियोगीताहरु हुने गरेको थियो ।’ पछिल्लो समयमा प्रतियोगीता आयोजकहरुले किन चासो देखाई रहेका छैन्न भन्दै पुनः संचालन गर्न सम्वद्ध पक्षलाई नगर प्रमुख तामाङले आग्रह गरे । त्यसैगरी उनले किराँत आठपहरिया समाजले आयोजना गर्ने गरेको सांस्कृतिक सहिद रिदामाहाङ, रामालिहाङ वडा स्तरिय नकआउट फुटवल प्रतियोगीता पनि संचालनमा थियो भन्दै पुनः सुचारु गर्न आग्रह गरे ।

प्रतियोगितामा जिल्लाको सात वटा पालिकाबाट सात वटै महिला फुटवल टिमले भाग लिइरहेको आयोजक संस्थाका अध्यक्ष इश्वर अकेलाले बताए । उनले आइतवार हुने पहिलो खेलमा साँगुरीगढी गाउँपालिका र शहिदभूमी गाउँपालिका महिला फुटवल टिम विच भिडन्त हुने वताए । त्यसैगरी दोश्रो खेल चौविसे गा।पा। र पाख्रीवास नगरपालिकाको महिला फुटवल टिम विच हुने उनले बताएका छन् ।
उद्धघाटन सत्रमा शहिद रामकृष्ण श्रेष्ठका भाई वुहारी वैकुण्ठ श्रेष्ठ र देवकुमारी श्रेष्ठले प्रतियोगीता सम्पन्न गर्नको लागी ५५ हजार नगद सहयोग गर्ने घोषणा गरेका छन् । त्यसैगरी धनकुटा नगरपालिकाले २ लाख रुपयाँ प्रदान गरेको वताइएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार र द्धितिय हुनेलाई ३० हजार नगद पुरस्कार सहित मेडल र ट्रफी रहेको छ । प्रतियोगीता ४ दिनसम्म संचालन हुनेछ ।
- dhankutapress