Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अन्तरपालिका स्तरिय महिला फुटवल प्रतियोगीता धनकुटा र चौबिसे फाईनलमा

  •   ४ वर्ष अघि | ३० जेष्ठ २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा जारी अन्तरपालिका स्तरिय शहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटवल प्रतियोगीताको फाईनलमा धनकुटा नगरपालिका र चौविसे गाउँपालिकाको फुटवल टिम पुगेको छ । 

शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको प्रतियोगीताको  तेश्रो दिन भएको सेमीफाइनलको पहिलो खेलमा धनकुटा नगरपालिकाले छथरजोरपाटी गाउँपालिकाको फुटवल टिमलाई ४–० गोलका अन्तरले पराजित गर्दै धनकुटा नगरपालिका फाईनलमा पुगेको हो । धनकुटाले पहिलो हाफमा १ गोल गरेको थियो भने दोश्रो हाफमा धनकुटा नगरपालिका फुटवल टिमका जर्सी नंं.५ की अनिता लम्जेलले ह्याट्रिक गरेर आफ्नो टिमलाई ४–० को फराकिलो गोल अन्तरले फाईनलमा पु¥याएकी थिईन ।  


धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकाका महिला फुटवल खेलाडीहरु एक आपसमा फाईनलका लागी भिड्दै ।

त्यसैगरी चौविसे गाउँपालिका र सहिदभूमी गाउँपालिका विच सोमवार भएको दोश्रो सेमीफाईनल खेल निर्धारित समयमा बरावरीमा टुङ्गिएको थियो । दुवै टिम निर्धारित समयमा वरावरीमा टुङ्गिए पछि पेनाल्टी सुटआउट (ट्राईव्रेकर) मा पनि वरावरी नै भएको थियो । अन्त्यमा, सडनडेथमा चौविसे गाउँपालिकाले सहिदभूमी गाउँपालिका टिमलाई ४–३ को अन्तरले पराजित गर्दै चौविसे गाउँपालिका फाुटवल टिम फाईनलमा पुगेको हो । मंगलवार (आज) हुने फाईनल खेल अपरान्ह १ वजे देखी शुरु हुने आयोजकले जनाएको छ । 

प्रतियोगीतामा प्रथम हुने विजेता टिमले नगद ५० हजार, ट्रफी मेडल र प्रमाण्पत्र पाउने छने भने दोश्रो हुने फुटवल टिमले नगद ३० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । 

  • Dhankutapress

थप