Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाली सेनामा खेलकुदको क्षेत्रलाई विकास र विस्तार गर्न वाहिनी पति ट्रफि प्रतियोगिता

  •   ४ वर्ष अघि | ७ पुस २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/खेलकुद क्षेत्रलाई विकास र विस्तार गर्ने उदेश्यले धनकुटा स्थित् भिमदल गणमा वाहिनी पति ट्रफि प्रतियोगिता–०७९ संचालन भैरहेको छ । 

पौष १ गते शुरु भएको प्रतियोगिता आगामी पौष १२ गते सम्पन्न हुने भिमदल गण सल्लेरी व्यारेक धनकुाटका गणपति सुमन थापाले वताएका छन् । प्रतियोगितामा प्रदेश नं.१ अन्तरगतका कृष्ण दल गण, फष्ट राईफल गण, भिमदल गण, भैरव गण, नयाँ भैरवी दल गुल्म र सत्रुमर्दन गुल्ममा कार्यरत नेपाली सेना अन्तर्गतका खेलाडीहरुले तेक्वान्दो र वक्सिङ्ग खेलमा प्रतिष्पर्धा गरिरहेका छन् । 

गणपति थापाका अनुसार प्रतियोगिताहरु एथ्लेटिक्स,सुटिङ,आर्चरी खेल प्रदर्शनी प्रतियोगिता सुनसरी, पौडी इटहरी, भलिवल प्रतियोगिता भोजपुर, वास्केट वल धनकुटाको हिले, फुटवल प्रतियोगिता मोरङ्ग, वक्सिङ्ग र तेक्वान्दो धनकुटामा भैरहेको छ । नेपाली सेनामा भएका खेलाडीहरुलाई दक्ष वनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तयार गरी राष्ट्रलाई विश्व सामु पहिचान गराउने उदेश्यले वाहिनी पति ट्रफि प्रतियोगिता आयोजना गरिएको गणपति थापाले वताए । उनले खेलकुदको क्षेत्रलाई विकास एवं विस्तार गरी तेक्वान्दो र वक्सिङ्गको प्रतियोगिता धनकुटा स्थित् भमिदल गण सल्लेरीमा भैरहेको छ । 

वाहिनी पति ट्रफि प्रतियोगिता समापन भैसके पछि प्रितना पति ट्रफि प्रतियोगिता देशव्यापी रुपमा सम्पन्न भै सकेपछि प्रधान सेनापति ट्रफि प्रतियोगिता हुनेछ । वि.सं.०६५ साल देखि शुरु भएको प्रधान सेनापति ट्रफि विभिन्न विधाका प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा ४ सय ८६ नेपाली सेना भित्रका खेलाडीहरु पहिलो चरणमा सहभागी भैरहेको भिमदल गण सल्लेरी व्यारेक धनकुटाले जनाएको छ ।  


  • Dhankutapress

थप