धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा जिल्ला भलिबल संघको नयाँ कार्य समिति चयन गरिएको छ । संघको १४ औँ जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि सनिवार गौरब कार्कीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।
संघको उपाध्यक्षमा गणेश पाण्डे र दिनेशराज सुवेदी, महासचिबमा रविन कुमार लिम्बू, कोषध्यक्षमा अमृत राई चयन भएका छन् । यस्तै संघको सदस्यमा राष्ट्रमिला राई, जुनु राई, सुबन श्रेष्ठ, सुरज लिम्बू र पदम भट्टराई, सुविन राई, विशेश्वर तिम्सिना, यम पौडेल र झमक श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले खेलाडिको क्षमता विकासको लागि कार्य योजना बनाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए । भलिबल संघले जिल्लामा विभिन्न अवसर पारेर खेलाडि उत्पादन गर्ने उदेश्यले विभिन्न प्रतियोगिता आयोजना गर्ने कार्कीले जानकारी दिए । भलिबल संघको १४ औं जिल्ला अधिवेशन जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
- Dhankutapress