Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

बुद्धिचाल संघ धनकुटाको अध्यक्षमा रमेशचन्द्र

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकटा/धनकुटा बुद्धिचाल संघको प्रथम जिल्ला अधिवेशनबाट रमेशचन्द्र अधिकारीको नेतृत्वमा सोमवार नया“ समिति गठन गरिएको छ । 

नया“ समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिव हेमकुमार राई र कोषाध्यक्ष विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै, सदस्यहरुमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी रहेको जनाइएको छ । यसैगरी, अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधि समेत चयन गरिएको बुद्धिचाल संघका प्रदेश संयोजक कृष्ण सिग्देलले जानकारी दिए । जसमा रमेशचन्द्र अधिकारी, टिका भण्डारी र शैलेश वाग्ले चयन भएका छन् । 

सो अवसरमा बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलीले बुद्धिचाल खेललाई धनकुटामा पहिलो पटक केन्द्रले अनुमोदन गरेको जानकारी दिए । सबै जिल्ला र पालिकास्तरमा बुद्धिचालको विस्तार गर्न आफुहरु जुटेको उनको भनाई थियो । 

यसैगरी, पुर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, प्रदेश संयोजक कृष्ण सिग्देल, प्रदेश सदस्य अतुलकुमार दाहल र जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राई लगायतले खेलकुदको विकासका लागि राज्यपक्षको दायित्व रहनुपर्ने जोड दिए । यस अघि जिल्लामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति कार्यरत थियो । 

बुद्धिचाल संघको प्रदेश अधिवेशन मंगलबार देखि झापाको दमकमा आयोजना गरिने केन्द्रीय उपाध्यक्ष पराजुलीले जानकारी दिए ।  

  • Dhankutapress

थप