Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

स्रोत–साधन अभावले अपेक्षित रूपमा काम गर्न कठिनाइ भएको पत्रकारहरुको गुनासो मन्त्रीलाई

  •   १० महिना अघि | २६ पुस २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इनद्रमणी पराजुलीलाई धनकुटाका पत्रकारहरूले आवश्यक स्रोत–साधनको अभावका कारण अपेक्षित रूपमा काम गर्न कठिनाइ भईरहेको गुनासो गरेका छन् । 

नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सनिवार मन्त्री पराजुलीको सम्मानमा वधाई ज्ञापन एवं सफल कार्यकालको शुभकामना प्रदान गर्ने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा धनकुटाका पत्रकारहरूले महासंघको संस्थागत विकास, सञ्चार माध्यमहरूको सुदृढीकरण तथा पत्रकारहरूको क्षमता विकासका लागि पर्याप्त बजेट विनियोजन गरि दिन आग्रह गरेका छन् । 

उनीहरुले भौतिक पूर्वाधार र संरचनाको अभाव रहेको कारण भने जस्तो धनकुटेली पत्रकारहरुले नयाँ प्रविधिसंग जुधेर भने जस्तो काम गर्न नसकेको जानकारी मन्त्री पराजुलीलाई गराए । कार्यक्रममा पत्रकारहरूले नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणका लागि आवश्यक डिपिआर तयार भइसकेको उल्लेख गर्दै त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । साथै, धनकुटा जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमहरूलाई संस्थागत रूपमा सबल बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्नुपर्ने, सञ्चारसम्बद्ध कानुन निर्माण गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नु पर्ने माग गरेका छन् । 

त्यसका साथै जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका विज्ञापनहरू सम्बन्धित जिल्लाकै सञ्चार माध्यमलाई पहिलो प्राथमिकतामा दिने व्यवस्था गर्नुपर्ने माग अघि सारेका छ न् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले धनकुटाले मन्त्री पाएको बर्तमान अवस्थामा पत्रकारहरूको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले प्रदेशमा पत्रकारहरूको क्षमता विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चालू आर्थिक वर्षमै कोशी प्रदेशमा आम सञ्चार विधेयक पारित हुने जानकारी दिँदै विधेयक पारित भएपछि पत्रकारहरूको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

मन्त्री पराजुलीले लोकतन्त्रको सुदृढीकरणमा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले पत्रकारहरूको क्षमता विकास, सुशासन र पारदर्शितामा सधैं ध्यान दिने बताए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष नगेन्द्र राई, सल्लाहकार रमेशचन्द्र अधिकारी, विनोद घिमिरे लगायतले समानुपातिक विज्ञापन प्रणाली लागू भए स्थानीय सञ्चार माध्यमको संरक्षण हुनुका साथै पत्रकारितालाई व्यवसायिक बनाउन सकिने धारणा राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, पूर्व समन्वय प्रमुख टंक चौहान, धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल लगायतको उपस्थिति रहेको थियो ।

  • dhankutapress

थप