धनकुटा प्रेस सम्वाददाता
दमक/झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वाधिक मतसहित विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् । पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका बालेनले झापा–५ मा ऐतिहासिक मत ल्याउँदै जित हात पारेका हुन् । २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि राजनीतिक रूपमा कमजोर बनेका ओलीकै क्षेत्रमा बालेन चुनाव लड्न पुगेका थिए ।
- dhankutapress