Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा प्रतिनिधिसभा सदस्य निर्बाचन अपडेट :

६ वटा पालिकाको मतगणना सकिदा एमालेका राजेन्द्र कुमार राईको अग्रता कायमै

  •   ८ महिना अघि | २३ फाल्गुन २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/प्रतिनिधि सभा सदस्यको जारी मतगणनाअनुसार धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राईले फराकिलो अग्रता लिएका छन् । यो अग्रतासंगै राईले यस पटक समेत गरी संसद भवन प्रवेसमा प्रतिनिधिसभा सदस्य पदमा धनकुटाबाट ह्याट्रिक गर्ने भाग्यमानी नेता बन्न सफल भएका छन् । 

यस भन्दा अघि राईले ०७४ र ०७९ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट लगतार २ पटक बिजय हासिल गरेका थिए भने ०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सुनिलवहादुर थापाले पराजित गरेका थिए । 

हालसम्म सम्पन्न कुल ४९ हजार ८ सय २४ मत गणनामा एमालेका राईले १५ हजार, २ सय २७ मत प्राप्त गरेका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार सानवहादुर राईले १० हजार, ५ सय ७५ मत प्राप्त गरेका छन् । एमालेका उम्ेमदवार राईले निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार सानवहादुर राई भन्दा ४ हजार, ६ सय, ५२ मतले अग्रता लिएका हुन् । 

नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ९ हजार, २ सय ३६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ७ हजार, २ सय, २७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार, ४ सय, २९ मत प्राप्त गरेका छन् । कुल खसेको मतमध्ये ४६ हजार, ७५ मत सदर भएको छ भने ३ हजार, ७ सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको हालसम्म चौबिसे गाउँपालिका, साँगुररिगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, छथरजोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिर सहिभूमि गाउँपालिकाको मतगणना सकिएको छ । धनकुटा नगरपालिकाको वडा नं.१,२ र ३ को एकै पटक मतगणना शुरु गरिएको छ ।

  • dhankutapress

थप