Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा एमालेका उम्मेदवार राजेन्द्र कुमार राईले प्रतिनिधिसभा ह्याट्रिक मारे

  •   ८ महिना अघि | २४ फाल्गुन २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राईले लगातार तेस्रो जित निकालेर प्रतिनिधिसभा सदस्य पदमा ह्याट्रिक मारेका छन् । सनिवार राती ११ बजे सम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र कुमार राई विजयी भएका हुन् । उनले ३ हजार, ८७५ मतान्तरले नेपाली कांग्रेसका दिनेश राईलाई पराजित गरेका हुन् ।

पुर्व खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रि समेत भएका राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् । उनी नेपाली कांग्रेस धनकुटाका पार्टी सभापती समेत रहेका छन् । 

त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ११ हजार, ९३२ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ९ हजार ९४४ मतसहित चौथो स्थानमा चित्त बुझाएका छन् ।यस्तै नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ६६५ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हात पारेका हुन्  । यसअघि उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा–२ बाट उम्मेदवार रहेर नेपाली कांग्रेसका सुनिलवहादुर थापासंग पराजित भएका थिए ।त्यसपछि उनी एमालेबाटै २०७९ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन विजय भएका थिए । यसपटक पनि जित निकाल्दै उनले प्रतिनिधिसभा सदस्य पदमा जितको ह्याट्रिक गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार, १८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापाले ७ सय ३, जसपा नेपालका आइतराज लिम्वूले ४ सय, ३२ मत प्राप्त गरेका छन् । विजयी उम्मेदवार राईलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्गनामले विजयीको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रदेस माननिय निरन राई, जिल्ला समन्वय धनकुटाका उप–प्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, पराजित उम्मेदवार दिनेश राई, श्रम संस्कृति पार्टीका सानवहादुर राई, रास्वपाका दिनेश भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल लगायतले खदामाला लगाएर बधाई ज्ञापन गरेका थिए । 

  • dhankutapress

थप