Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

गाँजा ओसार–पोसार गर्दा जेल परेका निर्दोष ब्यक्तिहरूलाई रिहाइ गर्न पहल गर्ने–एमाले उम्मेदवार राई

  •   ९ महिना अघि | १५ माघ २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आगामी निर्वाचनमा नेकपा (एमाले) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राजेन्द्र कुमार राईले जिल्लाको समग्र विकास, सुशासन र आर्थिक समृद्धिलाई आफ्ना प्रतिबद्धता वुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्  ।

आयोजित पत्रकार सम्मेलनमा प्रेस बिज्ञप्तिमा जारी गर्दै आफ्नो घोषणा पत्र एमालेका उम्मेदवार राजेन्द्र राईले सारंश सार्बजनिक गरेका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको प्रेस विज्ञप्तिमा उम्मेदवार राईले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले गाँजा खेतीलाई वैधानिक बनाउन र ओसारपसार गर्दा जेल परेका निर्दोष व्यक्तिहरूलाई रिहाइको निम्ति आफूले जितेर आएलगत्तै पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

धनकुटामा सुविधा सम्पन्न स्वास्थ्य संरचना निर्माण गरिने, प्रदेश सरकारसँग समन्वय गरी अस्पताल तथा शैक्षिक संस्थाको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जारी विज्ञप्तिमा धनकुटा जिल्लामा कृषि उत्पादनलाई व्यवसायिक बनाइ किसानको आयवृद्धि गरिने, अदुवा, अलैंची, चिया, कफी, तरकारी र फलफूलको उत्पादन, प्रशोधन तथा बजारीकरणमा जोड दिइने उल्लेख छ । कृषकलाई अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, आधुनिक सिँचाइ तथा प्रविधि भित्र्याइने योजना पनि सार्वजनिक गरिएको छ ।

पर्यटन प्रवद्र्धनतर्फ हिले, पाख्रीबास, नाम्जे, भेडेटार, राजारानी ताल, छिन्ताङ, हिले धनकुटाका गुम्वा लगायत, जिल्ला भित्रका अन्य दर्जनौं सांस्कृतिक स्थलहरूको विकास गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिने जनाइएको छ । साथै, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । पूर्वाधार विकास अन्तर्गत आधुनिक सडक, खानेपानी, सञ्चार र ऊर्जा परियोजनालाई प्राथमिकतामा राखिने, अलपत्र परेका विकास आयोजनाहरू सम्पन्न गरिने उल्लेख छ ।

उनले युवालाई रोजगारी र स्वरोजगारतर्फ आकर्षित गर्न सीपमूलक तालिम तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् । उम्मेदवार राईले लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा मतदातालाई सहयोग र समर्थनका लागि आग्रह गरे ।

पत्रकार सम्ेमलनमा उम्मेद्बार राईले पार्टीले विहिबारबाट चुनाबी अभियान शुरु गर्ने विषयमा जानकारी दिए । नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेका समानुपातिक उम्मेद्बार तारा तितुङ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

  • dhankutapress

थप