धनकुटा प्रेस सम्वाददाता
धनकुटा/जसपा नेपाल धनकुटाले सरकारले ल्याउन लागेको भूमि विधेयक नेपाली जनताको हितमा नरहेको भन्दै तत्काल खारेजीको माग गर्दै आइतवार विरोध प्रदर्शन गरेको छ ।
जसपा नेपाल जिल्ला समिति धनकुटाको कार्यालयबाट शुरु भएको विरोध ¥याली धनकुटा बजारको विभिन्न भागको परिक्रम पश्चात स्थानिय मदनचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै जसपा नेपालकी केन्द्रिय सदस्य पार्वती राईले गठवन्धन सरकारले ल्याउन लागेको भूमि विधेयक खारेज नहुन्जेलसम्म आन्दोलन जारी रहने चेतावानी दिए । उनले भने–‘अहिले भूभि विधेयक सरकारले कार्यान्वयनमा ल्याएको खण्डमा तस्कार, भूमाफिया र दलालहरुलाई फाईदन पुग्ने पुग्नेछ ।’ ‘तसर्थः जसपा नेपालले ओली गठवन्धनको बर्तमान सरकारको समर्थन फिर्ता लिएर देशव्यापी आन्दोलनमा होमिएको हो’– नेतृ राईले भनिन् ।
विरोध प्रदर्शन पछि धनकुटाको मदनचोकमा आयोजित कोणसभालाई जसपा नेपाल १ नं. प्रदेस समितिका अध्यक्ष दिपक याखा, लिम्वूवान राज्य समितिका अध्यक्ष संजय राई, प्रदेशको नाम कोशी खारेज संघर्ष समिति धनकुटाका संयोजक संजय सन्तोषी राई लगायतले सम्वोधन गरेका थिए । विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले वर्तमान गठवन्धन सरकारको विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
- dhankutapress