धनकुटा प्रेस सम्वाददाता
धनकुटा/”नो कोशी र नो केवलकार” को नारा लिएर जनता समाजवादी पार्टी नेपाल प्रदेस नं.१ कार्य समितिले संघीयता सुशासन, सामाजिक न्याय र समाजवादको मुद्धालाई आधार मानेर पार्टीले वर्तमान सरकारलाई वुझाएको २८ वुँदे मुलुकको समसामयिक विषयहरुलाई कार्यान्वयनको लागि जनदवाव् सृजना गर्ने उदेश्यले भोली पौष १२ गते सनिवार विराटनगर स्थित् पूरानो गुद्री वजार महावीर रोडमा प्रदेस स्तरिय विरोधसभा गर्ने भएको छ ।
उक्त विरोधसभामा भाग लिनको लागि धनकुटा जिल्लाबाट जसपा नेपालका जिल्ला अध्यक्ष दिवा चेम्जोङ्ग र केन्द्रिय सचिव राजकुमार राईको अगुवाईमा करिव ३ दर्जन भन्दा वढी जसपा नेपालका कार्यकर्ताहरु भाग लिन जाने भएका छन् । धनकुटाको चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, छथरजोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिका र पाख्रीवास नगरपालिकाबाट सहभागी हुने जल्ला अध्यक्ष दिवा चेम्जोङ्गले वताएका छन् । प्रदेस स्तरिय विरोधसभालाई जसपा नेपालका संघीय अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष रकम चेम्जोङ्गले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
जसपा नेपालले मुलुकको समसामयिक विषयलाई लिएर यस अघि नेपाल सरकारलाई देसव्यापी रुपमा वुझाएको २८ वुँदे ज्ञापन पत्रको कार्यान्वयनको लागि जनदवाब् सृजना गर्न सातै प्रदेशमा विरोध सभा गर्न लागेको जसपा नेपालका केन्द्रिय सचिव राजकुमार राईले बताए । यसै क्रममा भोली विराटनगरमा विरोधसभा हुन लागेको हो ।
- dhankutapress