Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

श्रम संस्कृति पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी–साम्पाङ्ग

  •   ११ महिना अघि | २६ मंसिर २०८२, बिहिबार

पञ्चमाया तामाङ

धनकुटा प्रेस/श्रम संस्कृति पार्टीका केन्द्रिय अध्यक्ष हर्क साम्पाङ्ग राईले आगामी फागुण २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले वहुमतको सरकार बनाउने दावी गरेका छन् । 

श्रम संस्कृति पार्टी जिल्ला समिति धनकुटाले आयोजना गरेको पार्टी संगठन विस्तार गर्ने उदेश्यले आयोजना गरेको वृहत जनसभालाई विहिवार धनकुटामा सम्वोधन अध्यक्ष साम्पाङ्गले यस्तो दावी गरेका हुन् । धनकुटाको तल्लो रंगशालामा आयोजना गरेको वृहत जनसभालाई सम्वोधन गर्दै अध्यक्ष साम्पाङ्गले भने–‘अहिले ठूला भनिएका पार्टीका नेताहरुले देशलाई सहि ट्रयाकमा हिडाउन नसकेको र उनीहरुको व्यवहार देखेर नेपाली जनता वाक्क भएकाले नेपाली जनताले विदेसी दलालबाट देश जोगाउन श्रम संस्कृति पार्टीलाई सरकारमा पुर्याउन वहुमत दिनेछन् ।” उनले अहिलेको राजनीतिक पार्टीहरु विदेशीको इशारामा हिड्ने गरेको र देशको माया नगर्ने भएकाले देशभक्ति पार्टी श्रम संस्कृति पार्टीलाई माटो चिन्नमा भोट दिएर जिताउन सम्पूर्ण धनकुटेली जनता समक्ष आग्रह गरे । अध्यक्ष साम्पाङ्गले थपे–”धनकुटाका शिक्षित मान्छेलाई आफू पढाउन, सिकाउनको लागि आएको नभई बोलाउन आएको बताउँदै अध्यक्ष साम्पाङ्गले भने–‘पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थ यि पाँच वटा कुराले नेपाली जनतालाई छियाछिया पारेको छ ।” उनले यो लथालिङ्ग र भताभुङ्ग भएको नेपाली समाजलाई अब यसरी हुँदैन एउटै मालामा सुन्दर मालाको रुपमा सबै थरीलाई उन्नु पर्छ भनेर श्रम संसकृति पार्टीले देशव्यापी अभियान चलाएर अघि बढिरहेको बताए । उनले सभालाई सम्वोधन गर्दै भने–”पार्टी बनाउन आयो, भोट माग्न आयो नभन्नु होला, अब एक पटक माटोमा भोट हालेर श्रम संस्कृति पार्टीलाई वहुमत दिलाएर सरकार चलाउन दिनुहोस ।”धनकुटाको बसपार्कमा भेला भएर हजारौं समर्थक र कार्यकर्ताहरुको विच श्रम संस्कृति पार्टी र जय माटोको नारा घनकाउँदै हर्क सम्पाङ्गले धनकुटा बजार परिक्रमा गरे । बजार परिक्रमा पश्चात धनकुटाको तल्लो रंगशालामा श्रम संस्कृति पार्टी धनकुटा जिल्ला अध्यक्ष आकास राईको अध्यक्षतामा सम्पन्न वृहत जनसभालाई करिव डेड घण्टासम्म साम्पाङ्गले सम्वोधन गरेका थिए । उनले सम्वोधनको क्रममा आफ्नै रचना, संगीत र श्वर रहेको आधा दर्जन बढी गीत गाएर सहभागीलाई नचाएका थिए । सभामा केन्द्रिय उपाध्यक्ष देवराज लामा, पछिल्लो समयमा भ्रष्टचार विरुद्धको अभियान चलाएर चर्चा कमाई रहेका धनकुटाका लाक्पा तामाङ लगायतको उपस्थिति रहेको थियो ।   

  • dhankutapress

थप