Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

आज धनकुटामा एमालेले शक्ति प्रदर्शन गर्ने

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटासहित देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।

चैत १८ गते जिल्ला–जिल्लामा जनप्रदर्शन र जागरण सभा गर्ने तयारी छ । जागरण सभा नहुने जिल्लाहरूमा मोटरसाइकल ¥याली प्रदर्शन गर्ने एमालेको देशव्यापी कार्यक्रम अनुसार धनकुटामा पनि ¥याली प्रदर्शन गर्न लागिएको हो । ६ सय भन्दा बढी मोटरसाइकलसहितको ¥याली प्रदर्शन गरिने एमाले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिए ।

बिहान ११ बजे धनकुटा बसपार्कमा भेला भएर मोटरसाइकल ¥याली सुरु हुनेछ । ¥याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जनकारी दिए ।

सभालाई एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

  • dhankutapress

थप