धनकुटा प्रेस सम्वाददाता
धनकुटा/आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवार बनेका नेपाली कांग्रेश धनकुटा दिनेश राईले आफ्नो चुनाबी संकल्प सहितको प्रतिबद्धता–पत्रसार्वजानिक गरेका छन् ।
राईले बिहिवार धनकुटामा पत्रकार सम्मेलन गरेर धनकुटाको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग र पूर्वाधारको विकासका लागि नेपाली कांग्रेसको उम्मेदवारको तर्फबाट प्रबिद्धता–पत्र सार्बजानिक गरेका हुन् । उनले पत्रकार सम्मेलनमा आफ्नो चुनाबी प्रतिबद्धता–पत्रमा १२ वटा संकल्प समेत समावेश गरेका छन् । जस अन्गर्तत उनले धनकुटा–हिले–पाख्रीवास–उत्तरपानी–सिधुवालाई समेटेर बृहत नगर निर्माण, पर्यटनका लागि हिमालघर निर्माण, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनराबलोकन, एक पालिका, एक रंगशाला निर्माण गर्ने संकल्प गरेका छन् ।
त्यसैगरी बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरणमा पहल, कोख देखि शोकसम्म सेवा सुनिश्चित, आठपहरिया जाति सूचिकरणमा पहल, धनकुटेली जवानी, धनकुटामै लगानी, व्यवसायिक शहर, उर्वर गाउँ, धरान–लेउती सुरुङ्गमार्ग निर्माण, राजारानीमा रहेको खेल मैदानलाई किरण चेम्जोङ्ग अन्तराष्ट्रिय रंगशालाको रुपमा विकास गर्ने लगायतका रहेका छन् ।
उम्मेदवार राईले जसरी भएपनि ‘धनकुटाको रुपान्तरण ः प्रतिनिधि परिवर्तन‘ आगामी फागुण २१ गतेको निर्वाचनले गर्ने बताउँदै जनचाहाना अनुसार बदलिएको कांग्रेसलाई काम गर्न एकपटक अवसर दिन धनकुटेली जनतालाई पत्रकार सम्मेलनमा आग्रह गरे । उनले धनकुटामा रहेका शैक्षिक संस्थाहरुको प्राविधिक विषयहरुमा स्तरोन्नति गर्ने, स्वास्थ्य तथा खेलकुद, कृषि क्षेत्र, पर्यटन क्षेत्र अन्तर्गत चरा पर्यटन तथा वहुवनस्पति पर्यटनको लागि पहल गर्ने प्रतिवद्धता–पत्रमा उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार तर्फ धरान लेउती सुरुङ्ग मार्ग निर्माण, तमोर करिडोरलाई धनकुटा सदरमुकाम जोड्न याक्चाना–सान्ताङ्ग–त्रिवेणी चोक सडक कालोपत्रे गर्ने, भाषा, कला, साहित्य र संस्कृति संरक्षण सम्वन्धि कार्य गर्ने, सूचना तथा सञ्चारको क्षेत्रमा विशेष काम गर्ने, घरेलु उद्योग, गाँजा खेतीलाई बैधानिक बनाउन कहल गर्ने लगायतका रहेका छन् । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनकुटाका पुर्व सभापति मनोहरनारयण श्रेष्ठ, सचिव बिजय सन्तोषी राई, उप–सचिव राम रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
- dhankutapress