धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले सत्ता साझेदार दल नेकपा एमालले गरेका हरेक गल्ति काँग्रेसले बोकेर हिड्न नसक्ने बताएकी छन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आईपुगेकी संग्रौलाले विहिवार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
नेकपा एमालेले गरेका कमिकमजोरी तथा गल्तिको सबै भागेदार कांग्रेस हुन नसक्ने बताईन । जतिपनि भ्रष्ट्रचारमा मुछिएका छन् । तिनको अनुसन्धान गर्नुपर्ने र सत्तारुढ दल भएपनि गल्तिको भागेदार भने नहुने उनले बताईन् । सहकारी प्रकरण देखी लिएर गिरिबन्धु टि–स्टेटसम्मको छानबिन अदालतबाट फैसला गरेर दिएको जिकिर गर्दै संगौलाले भुटानी शरणार्थि प्रकरण छानबिनमा नै रहेकोले अपराधमा संलग्न अभियुक्तहरुलाई कारवाही हुनेपर्ने उनको भनाई थियो ।
त्यस्तै भ्रष्टाचारको बिषयमा आफ्नो दलका नेताहरुको छानबिन र कारवाहीमा कांग्रेसले हस्तक्षेप नगरेकाले रबि लामिछानेको बिषय पनि कसैले अवरोध गर्न नहुने संग्रौलाको भनाई रहेको थियो । एमालेसँगको सत्तासाझोदारी अस्थाथी भएको बताउँदै आगामी चुनावमा कांग्रेस एक्लै लड्ने समेत उनको भनाई रहेको थियो । पार्टीले सञ्चालन गरेको सय दिने अभियान गत कार्तिक ३ गतेदेखि देशव्यापी रुपमा सुरु भएको जनाएको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई धनकुटा खटाएको हो । अभियानका लागि धनकुटा कांग्रेसले पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारीलाई ७ स्थानीय तहका ६० वटा वडामा खटाएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, संगठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाइने नेपाली कांग्रेस धनकुटाले जनाएको छ । भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्वपीडित, घाइते र शहीद परिवारको सम्मान गरिने नेपाली कांग्रेस धनकुटाले जनाएको छ । सय दिने अभियान आउँदो पुस १६ गते बीपी जयन्तीका दिन समापन हुनेछ ।
- dhankutapress