Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

महाधिवेशन प्रतिनिधि छनोटको प्रकृया एमालेले सुरु गर्यो धनकुटामा

  •   ११ महिना अघि | ९ मंसिर २०८२, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेकपा एमाले धनकुटाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले मंसिर १४ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेर प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको हो ।

    कार्यतालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन गरिएको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए । उनका अनुसार आज साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय निर्धारण गरिएको छ । ९ गते दिउँसो १ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १० गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ । ११ गते दिउँसो ४ः५० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस्तै १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको परिणाम घोषणा गर्ने योजना बनाइएको छ । 

    सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास गरिने र सहमतिबाट टुङ्गिन नसकेमा मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिने एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो । धनकुटामा एमालेका ८ हजार २ सय ३६ पार्टी सदस्य छन् । जसबाट खुल्लातर्फ ७ जना, महिला ४ जना, ४० वर्षमुनिका युवा १ जना र एक जना दलित गरी महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुनेछन् । 

  • dhankutapress

थप