Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा ५४.४५ प्रतिशत मत खस्यो

  •   ८ महिना अघि | २१ फाल्गुन २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान धनकुटामा शान्तिपूर्ण रुपमा बिहिवार सम्पन्न भएको छ । 

बिहिवार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपुर्ण रुपमा मतदान भएको थियो । जिल्लाको कुल मतदाता संख्या १ लाख, १८ हजार, ४ सय २५ रहेको छ । जसमध्ये ५४.४५ प्रतिशत अर्थात ६४ हजार, ४ सय ९० मत खसेको धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले बताए । खसेको मतनुसार पुरुष ३२ हजार, १ सय, ५६ र महिला ३२ हजार, ३ सय, ३४ रहेको छ । जिल्ला भरिका १६६ वटा मतदान केन्द्रबाट मतगणना स्थल धनकुटा सदरमुकाम स्थित सामुदायिक भवनमा ल्याउने काम भइरहेको प्रजिअ खड्काले बताए । उनका अनुसार वेलुका १० बजे भित्र जिल्लाका सवै पालिकाबाट मतपेटिका आइपुग्नेछ । मतपेटिका आइपुगेपछि सर्वदलीय वैठक गरेर मतगणनाको काम सुरु गरिनेछ । यो पटक मतगणनाको लागि सहजहोस भनेर स्थानीय तह अनुसार मतपेटिका राख्ने व्यवस्था गरिएको छ ।मतगणना हुने स्थानलाई सिसि क्यामेराले निगरानी गरिएको छ भने गणना स्थल र उम्मेदवारका प्रतिनिधि बस्ने स्थानमा तारघेराबार गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा तीन स्वतन्त्र सहित विभिन्न दलका गरी १७ जना उपचार चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।यसैविच चुनाबी प्रतिष्पर्धामा रहेका उम्मेदवारहरुले आ–आफ्नो पालिकाका गएर त्यहाँ रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । नेकपा एमालेका उम्ेमदवार राजेन्द्र राईले धनकुटाको पाख्रीवास नगरपालिका वडा नं.७ मुगा स्थित् सरस्वती माध्यामिक विद्यलाय र नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिका वडा नं.६ मा रहेको वहुउदेश्यि भवनमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए । त्यसैगरी सोही मतदान केन्द्रमा धनकुटा–६ पात्ले खोलाका कृयापुत्री ज्वाला पोख्रेलले पनि मतदान गरेका थिए । 

  • dhankutapress

थप