Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सन्दर्भ : प्रतिनिधिसभा निर्वाचन, धनकुटामा १८ जनाको मनोनयन

  •   ९ महिना अघि | ७ माघ २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जेन्जी विद्रोह पछि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा १८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा पूर्वमन्त्री सहित १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।धनकुटामा प्रतिनिधि सभा सदस्यमा एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका सान बहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा मनोनयन दर्ता गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिक राम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहने भएका छन्। यस्तै धनकुटा जिल्लामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला गरि एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • dhankutapress

थप