Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पार्टी कार्यकर्ताको भावनालाई ठेस नपु¥याई काम गर्छु

‘मन्त्रालय मातहतको निकायले मन्त्रीको निर्देशन नमाने जनता माँझ् आउँछु’ –प्रदेश स्वास्थ्य मन्त्री निर्मला लिम्वू

  •   ४ वर्ष अघि | २१ माघ २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रदेश नं.१ का स्वास्थ्य मन्त्री निर्मला लिम्वुले आफू प्रदेश नं.१ को १४ वटै जिल्लाको समानुपातिक मतले स्वास्थ्य मन्त्री भएकाले पार्टी मतदाताको भावनालाई ठेस नपु¥याई काम गर्ने वताएका छन् । 

जनता समाजपादी पार्टी जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रमलाई शुक्रवार धनकुटामा सम्वोधन गर्दै १ नम्वर प्रदेश सरकारको स्वास्थ्य मन्त्री लिम्वुले यस्तो वताएका हुन् । उनले आफू पार्टीको तर्फबाट स्वास्थ्य मन्त्री भएर मन्त्रालयको सचिव सहित सरकारी स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न धनकुटा आएको वताईन । यसै क्रममा मन्त्री लिम्वुले जनता समाजवादी जिल्ला समन्वय समिति धनकुटाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पार्टी कार्यकताहरुलाई आस्वस्थ पार्दै कसैलाई काख कसैलाई पाखा नगरी समानढंगले काम गर्ने वताएकी छन् । उनले पार्टीको निर्णय भन्दा वाहिर गएर काम नगर्ने पनि कार्यकर्ता माँझ् स्पष्ट पारेका छन् । 

अघिल्लो प्रदेश सभा निर्वाचनमा जनता समाजवादी पार्टीबाट तिन जना प्रदेशसभा सदस्य रहेको स्मरण गर्दै मन्त्री लिम्वुले भनिन्–‘मैलै पहिलो निर्वाचनमा पनि मेरो नाम प्रदेससभा सदस्यमा आउँदा पनि धनकुटाका आदर्णिय नेता आर्सी तुम्वालाई पार्टीको निर्णय अनुसार छोडेको थिए ।’ तर, यस पटक पार्टीको मत काम आएको र एक जना मात्र प्रदेश सभा सदस्य हुन पाउने भएपछि स्वभाविकले आफू प्रदेशसभा सदस्य भएर पार्टीको तर्फबाट स्वास्थ्य मन्त्री भएको लिम्वुले वताईन । उनले भनिन्–‘यो जित जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’ को जित हो र सिङ्गो पार्टीको जित हो ।’ 

मन्त्री लिम्वुले अघिल्लो कार्यकालमा जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुलाई कम्तीमा हाम्रो पार्टी सरकारमा छ है भन्ने अनुभूति गर्न ताप्लेजुङ्ग जिल्लामा पनि वजेट कार्यक्रम लैजाउँ भन्दा नलगेको भन्दै तुम्वा प्रति गुनासो पनि गरिन । उनले भनिन्–‘तर म त्यसो गर्दिन पार्टीको निर्णय र संगठानिक जिम्मेवारी अनुसार काम गर्छुु ।’ अल्पमतमा रहेर सिङ्गो प्रदेश सरकारमा एक जनाले काम गरिरहँदा हाम्रो पार्टीको नीति सिद्धान्त अनुसार के कति काम गर्न सक्छु त्यो पनि चूनौति रहेको मन्त्री लिम्वुले औल्याईन। 

जनता समाजवादी पार्टीका प्रदेश नं.१ का सह–इन्चार्ज समेत रहेका मन्त्री निर्मला लिम्वुले भनिन्–‘आफू मन्त्री भएको २ हप्ता मात्र भैरहेको सन्दर्भमा कतिपय सवालमा कर्मचारीतन्त्रले मन्त्रीलाई नै थाहा नदिइ भित्र भित्र काम गर्छन ।’ ‘मन्त्रालयको विभागीय मन्त्री भै सकेपछि मातहतका निकायहरुमा पदिय जिम्मेवारी अनुसार निर्देशनहरु हुनु स्वभाविक होे । त्यो कार्यान्वयन भएन भने, तपाई पार्टी कार्यकर्ताहरुले मलाई साथ दिनु पर्छ । म कार्यान्वयन गराएर छाड्छु ।’–मन्त्री लिम्वुले भनेका छन् । 

जनताको आमा/वुवा भएर स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्न मन्त्रीलाई पार्टीको तर्फबाट सूझाव :

त्यसैगरी पार्टीका केन्द्रिय नेता तथा राजनितिक समिति सदस्य राजकुमार राईले पार्टीको तर्फबाट प्रदेश सरकारमा मन्त्री भएको भन्दै मन्त्री लिम्वुलाई वधाई तथा पुर्ण कार्यकालको लागि शुभकामना दिए । नेता राईले भने–‘हामी अल्पसंख्यक जातिहरुको निम्ति स्वशासित क्षेत्र÷स्वयत्त क्षेत्रहरु निर्माण गर्न चाहान्थियौं ।’ उनले थपे– ‘त्यस पछि गाउँपालिका÷नगरपालिका र प्रदेशहरु पनि जातिय, भुगोल खण्डित नहुने गरि पहिचानमा आधारित भएर नाम पनि राख्न चाहान्थियौं ।’ तर त्यसो नभएर प्रशासनिक संघियता मात्र भएको छ ।’ पार्टीका वौद्धिक नेताको रुपमा स्थापित राईले भने –‘यो प्रशासनिक संघियता पनि खर्च धान्न सकिन्दैन भन्ने नाममा कमजोर वनाउने, खारेज गर्ने प्रयत्नमा अरु राजनीतिक दलहरु लागेका छन् ।’ 

संघिय सरकारले प्रदेश सरकारहरुलाई प्रयाप्त वजेट नछुट्याने, सरकारहरु कम्जोर वनाउने काम गरिरहेको छ । उनले भने–‘प्रदेश सरकारलाई शाखा सरकार जस्तो बनाउने षडयन्त्रमा संघिय सरकार लागि रहेको छ ।’ सार्वभौमसत्ताको साझेदारीको रुपमा प्रदेश सरकारमा स्वशासन हुनु पर्ने हो भन्दै नेता राईले भने–त्यसो भईरहेको छैन । त्यसो हुँदा हुँदै पनि जनताको अपेक्षा धेरै छन्, आशाहरु धेरै छन्, समश्याहरु पनि धेरै छन्, त्यसमा पनि सवै भन्दा ठूलो समश्या भनेको शिक्षा र स्वास्थ्य हो, यसमा जनताको आमा÷बुबा भएर काम गर्न आफ्नो पार्टीका मन्त्रीलाई नेता राईले सूझाव दिए । 

नागरिकहरु स्वास्थ्य शिक्षाको विषयमा चिन्तित् छन् भन्दै राइले भने–‘आफ्नो छोरा छोरीहरुलाई कसरी राम्रो शिक्षा दिने, विरामी पर्दा वुढेसकालमा कसरी स्वास्थ्य उपचार पाउने चिन्ताले सताएको छ ।’ त्यसैले गर्दा नेपाली जनता समृद्धि तर्फ अघि वढ्न नसकेको निष्कर्ष निकाल्दै उनले भने–‘शिक्षा र स्वास्थ्यलाई कसरी निःशुल्क वनाउन सकिन्छ भन्ने तर्फ प्रदेस सरकारले लागोस मेरो शुभकामना छ ।’ 

मन्त्री आउँछ भनेर शुक्रवार दिनभर धनकुटा अस्पतालका स्वास्थ्यकर्मीले काम नगरेको स्वास्थ्य मन्त्रीलाई उजुरी :

जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धनकुटाका उपाध्यक्ष गोपाल लिम्वुले स्वास्थ्य मन्त्रीको स्वागतको वहना वनाएर शुक्रवार दिनभर धनकुटा अस्पतालमा इमरजेन्सी वाहेकको अन्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरुले काम नगरेको उजुरी गरेका छन् । उनले शुक्रवार विहान ११ वजे देखि अस्पतालको प्राङ्गणमा स्वास्थ्य मन्त्रीको स्वागतको लागि कर्मचारी लाईन लाग्दा इमरजेन्सी वाहेक ओपिडी, वहिरङ्ग लगायतका सवैखाले सेवा प्रभावित भएको भन्दै मन्त्री लिम्वुलाई सुनाए । 

उपाध्यक्ष लिम्वुले भने–‘अधिकांश सेवाग्राहीहरु पुर्जि काटेर उपचारको लागि जाँदा स्वास्थ्यकर्मीहरु मन्त्रीको स्वागतको लागि भन्दै पन्सिएको मलाई सेवाग्राहीबाट गुनासो आएको छ ।’ उनले अरु जिल्लाको स्वास्थ्य संस्थाहरुको निरिक्षण तथा अनुगमनमा जाँदा मन्त्रीको लागि घण्टौंसम्म कुरेर लाईनमा वसेर स्वास्थ्य सेवा प्रभावित नपार्न अग्रिम सूझाव दिन पनि मन्त्री लिम्वुलाई अनुरोध गरे । यता धनकुटा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.अमिताभ ठाकुरले भने सेवा प्रभावित नभएको वताएका छन् । 

जनता समाजवदी पार्टी जिल्ला समन्वय समिति धनकुटाका कार्यवाहक अध्यक्ष पार्वती राईको अध्यक्षतमा सम्पन्न वधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सरकुमारी आठपहरिया,मन्त्रीका प्रमुख स्वकिय सचिव रन्जित राई, स्वकिय सचिव एन्जिला लिम्वू, जिल्ला सचिव डम्वर कटुवाल, कोषाध्यक्ष सरोज राई, नगर अध्यक्ष जितेन्द्र आठपहरिया,सर्मिला राई लगायतको नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्रीका स्वकिय सचिव त्यसैगरी सातै तहका पालिका प्रमुखहरु, जनवर्गिय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले मन्त्री लिम्वुलाई फुलमाला, खदा लगाएर सम्मान गरेका थिए । 

  • Dhankutapress

थप