Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति आदिबासी जनजाति महासंघको विरोध

  •   ४ वर्ष अघि | २६ पुस २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/आदिवासी जनजति समुदायको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले पुस २७ गते सार्वजनिक बिदा दिन गरेको सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरेको हो ।

मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए । अध्यक्ष शेर्पाले भने यो बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ ।

राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासंघले आरोप लगाएको छ।

  • Dhankutapress

थप