धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छापा संचार माध्यामहरुलाई हेर्ने प्रेस काउन्सिल भए जस्तैै अनलाईन मिडियाहरुलाई नियमन गर्न मिडिया काउन्सिल गठन गर्ने प्रक्रिया सरकारले अघि वढाएको बताएकी छिन् ।
मध्य पहाडी राजमार्गअन्तर्गत कोशी खण्ड अन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्कको उद्घाटन गरेर फर्कने सनिवार धनकुटामा प्रेस सेन्टर धनकुटा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । देश विकासका लागि डिजिटलाइजेसन अपरिहार्य भैसकेको वर्तमान अवस्थामा नेपालमा संचार माध्यामको नयाँ प्रविधिको विकासलाई नजिकबाट नियमन गर्न ऐन कानून् सहितको मिडिया काउन्सिल आवश्यक्ता रहेको बताइन् ।
मन्त्री शर्माले भनिन्–‘न्यूमिडयाहरुलाई जसरी भए पनि तत्काल कानुन्को दायरामा ल्याएर करको दायरमा समेत लाने तयारी अहिलेको सरकारले गरिरहेको छ ।’ प्रदेश नं.१ मा भईरहेको पहिचानको आन्दोलनको विषयलाई लिएर अहिलेको सरकारको धारणा के छ भन्ने स्थानिय पत्रकारहरुको जिज्ञासामा मन्त्री शर्माले भनिन्–‘अहिलेको सरकार नेकपा माओवादीले नेतृत्व गरिरहेको छ, पहिचानको कुरा गर्दा नेकपा माओवादी वहुपहिचानको पक्षमा रहेको छ ।’
उनले जहाँसम्म प्रदेशको नामरकरणको सवाल भनेको संविधान अनरुप प्रदेशसभाले निर्णय गर्ने भएकाले संघीय सरकारको यस्मा केही नलाग्ने बताए । ‘कोशी’ नामकरण प्रदेश सरकारको सभाबाट निर्णय भएको हो, यस्मा संघीय सरकारले संविधानको मर्म र भावना विपरित हस्तक्षेप गर्न मिल्दैन‘–मन्त्री शर्माले थपिन । मन्त्री शर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ८ अर्ब पैसा भूकम्प पिडितलाई खर्च गर्ने खुलासा गर्दै एनसिएल प्रकरणमा राज्य र जनताको हित विपरित अहिलेको सरकारले काम नगर्ने वताईन ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको तर्फबाट मन्त्री शर्मालाई माया चिनु प्रदान गर्दै शाखा अध्यक्ष नगेन्द्र राई ।
पत्रकारकारहरको अर्को जिज्ञासामा संचार संस्था र संचारकर्मीहरुको लागि सहयोग गर्ने कार्यक्रम अहिलेको सरकारले कार्यक्रम ल्याएको वताउँदै मन्त्री शर्माले भनिन्–‘महिला पत्रकारहरुको क्षमता विकासको लागि विशेष कार्यक्रम ल्याएको छु ।’ उनले विश्व डिजिटलाईजेशनको कारण तिव्र विकास भैरहेको स्मरण गर्दै नेपालमा पनि यस्को स्थायित्व र विकासको लागि डिजिटल एक्चिभेशन गर्ने कार्यक्रम अहिलेको सरकारले अघि सारेको वताईन । उनले चाँडै नै नेपालमा डिजिटल च्याम्पिएन प्रतियोगिता आयोजना गर्ने वताईन ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको तर्फबाट मन्त्री शर्मालाई माग पत्र पेश गर्दै अध्यक्ष नगेन्द्र राई ।
पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता बराईलीको अध्यक्षतामा सम्पन्न भएको थियो संचालन प्रेस सेन्टर प्रदेश सचिव इश्वर थापाले गरेका थिए । सो अवसरमा स्थानिय संचार संस्थाका प्रमुख एवं क्रियाशिल पत्रकारहरुले संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागको शिविर धनकुटाका राख्न सञ्चार मन्त्री शर्मालाई माग गरेका छन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको तर्फबाट भवन निर्माणको लागि माग पत्र समेत शाखा अध्यक्ष नगेन्द्र राईले पेश गरेका छन् ।
- Dhankutapress