Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटामा पनि निशेधाआज्ञा जारी

  •   १ वर्ष अघि | २५ भदौ २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ धनकुटामा पनि वुधवार साँझ ५ वजे देखि लागु हुने गरी कफ्र्यू आदेश जारी भएको छ ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी भएको कफ्र्यू आदेश अनुसार २५ गते वुधवार दिनको ५ बजे देखि विहिवार २६ गते विहान ६ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको उत्तरमा कागते, पूर्वमा खनिया वास, पश्चिममा औद्योगिकग्राम र दक्षिणमा चुलिवन एरियासम्म कफ्र्यू आदेश जारी गरिएको छ ।कफ्र्यू आदेश जारी गरिएको क्षेत्र भित्र कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने चेतावानी दिइएको छ । कफ्र्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पत्रकारहरु, पर्यटन सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु आवागमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने जारी सुचनामा उल्लेख छ । कर्पm्यू आदेस जारी भएसंगै धनकुटा बजार क्षेत्रमा चहलपल सून्य भएको छ । 

  • dhankutapress

थप