Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

धनकुटा चौबिसेका डा.डम्वर चेम्जोङ्ग सम्मानीत

  •   ३ हप्ता अघि | ३० चैत्र २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

काठमाण्डौं/स्वर्गीय दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिको आयोजनामा काठमाडौमा शुक्रवार सम्पन्न दुर्गा दाहालको ७२ औं जन्म जयन्ती कार्यक्रममा धनकुटा चौबिसे गाउँपालिका वडा नं. ६ मौनाबुधुकका डा. डम्बर चेम्जोङ्ग सम्मानीत भएका छन् । 

उनलाई कोषले नगद १० हजार एक सयसहित सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी र कोषका संरक्षक स्व. दाहालपत्नी मञ्जु दाहालले संयुक्त रुपमा दोसल्ला ओडाएर सम्मान गरे । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मन्त्री चौधरीले समाज सुधार्न आधारभूत शिक्षाको पाठ्यक्रम सुधार गर्नुपर्ने बताए । विद्यालय शिक्षाको पठनपाठन शिक्षक केन्द्रीतबाट परिवर्तन गरी विद्यार्थी केन्द्रीत गर्नुपर्ने बताउँदै उनले अहिले संसदमा आएको विद्यालय शिक्षा विधेयकले गुणस्तरीय पाठ्यक्रम र प्रभावकारी शिक्षण विधिलाई समेटेर कानुन निर्माण हुनुपर्ने बताए । समाजमा सकारात्मक कार्य गरेर मानव जीवनमा सकारात्मक उर्जा दिने दिवंगत अग्रजहरुलाई सम्झना गरेर उनीहरुलाई समाजमा जिवन्त राख्न सक्नुपर्ने र उनीहरुको सम्झनामा अन्वेषणात्मक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गर्दै जानुपर्ने पनि मन्त्री चौधरीले औल्याए । 

कार्यक्रममा सम्मानीत व्यक्तित्व डा. डम्बर चेम्जोङ्गले राज्यले शिक्षामा लगानी गर्ने हो भने प्राथमिक तहदेखि पूर्ण लगानी गरेर अगाडि बढ्नुपर्ने बताउँदै देशको शिक्षा प्रणाली सुधार गर्न प्राथमिक तहदेखि नै पाठ्यक्रममा सुधार गरेर, सरकारी र नीजि स्कूलबीचको विभेदको अन्त्य गरेर मात्र समाजवादउन्मुख समाज निर्माण गर्न सकिने धारणा राखे । उनले अहिलेको शिक्षाको जग कस्तो छ? भनेर समिक्षा गर्नुपर्ने बताउँदै २०३६ सालतिर आफु स्व. दाहालको सहकर्मी शिक्षक रहेको स्मरण गर्दै उनले शिक्षा क्षेत्रमा गरेको योगदान अविस्मरणीय रहने बताए । 

कोषले चौबिसे क्षेत्रको बौद्धिक व्यक्तित्वको रुपमा आफुलाई सम्मानीत गरेकोमा खुशी व्यक्त गर्दै उनले कोषको वृद्धिको लागि आफ्नो तर्फबाट ५० हजार थप गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानीत चेम्जोङ्गले २०३४ सालमा धनकुटाकै डाँडाबजारबाट एसएलसी परीक्षा उत्तीर्ण गरी शिक्षक, निजामति कर्मचारी हुँदै प्राध्यापक पेशामा आएका हुन् । उनले अमेरिकाबाट पिएचडी अध्ययन गरेका छन् भने हाल त्रिविमा पूर्णकालीन प्राध्यापन गर्दै आएका चेम्जोङ्ग जापानमा भिजिटिङ्ग प्रोफेसरको रुपमा समेत कार्यरत रहेका छन् । 

कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले स्व. दुर्गा दाहालबाट युवा पुस्ताले सिक्नुपर्ने धेरै कुराहरु रहेको बताए । उनले स्व. दाहालको पटक पटकको असफलतामा समेत कहिल्यै हरेस नखाई निरन्तर प्रयास गरिरहने उदाहरणीय व्यवहार रहेको बताउँदै धनकुटामा सहकारी आन्दोलनको अग्रणी नेतृत्वकर्ता रहेको स्मरण गराए । यसैगरी कुरुले तेनुपाका लोकेन्द्र कुमार याखाले आफु स्व. दाहालको विद्यार्थी रहेको स्मरण गराउँदै उनले नै विद्यालय नजाँदा घरैमा गएर बुबा आमालाई भनेर आफुलाई स्कूल पढ्न पठाएको, उनको सरुवा भई छिमेकी संयूक्त निमावि, टोक्रोम्बा जाँदा आफुहरु समेत उतै पढ्न गएको स्मरण गराएका थिए ।

स्व. दाहालका जेष्ठ सुपुत्र गणेश दाहालले स्वागत मन्तव्य दिनु हुँदै बुबाले देखाएको सपना पुरा गर्न आफुहरुले उहाँलाई जिवन्त राख्ने अभिप्रायले कोष स्थापना गरेको र कोषबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको बताए । कोषले २०७१ सालदेखि निरन्तर एक जना व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । कोषले वि.सं. २०७१ सालमा पहिलो पटक रामबहादुर देउजालाई सम्मान गरेको थियो । त्यसपछि वि.सं. २०७२ सालमा शिक्षा क्षेत्रका अग्रणी स्व. फणिन्द्रप्रसाद बराललाई सम्मान गरिएको थियो भने वि.सं. २०७३ सालमा स्व. शिवकुमार श्रेष्ठलाई, वि.सं. २०७४ सालमा स्व. भद्रमान घलेलाई, वि.सं. २०७५ मा लेखक टीकाप्रसाद लामिछानेलाई, वि.सं. २०७७ मा राजनीतिक व्यक्तित्व गोपाल गुरागाईंलाई, वि.संं २०७८ मा धनकुटा क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशब पहाडीलाई, र गतवर्ष वि.सं. २०७९ सालमा राजारानी गाविसका तत्कालीन अध्यक्ष अगमबहादुर थापालाई सम्मान गरिसकेको छ ।

वि.सं. २०७६ मा कोरोना महामारीका कारण कार्यक्रम भएको थिएन । स्व. दाहालकी धर्मपत्नी मञ्जु दाहालले विगतमा धनकुटा जिल्लामा कार्यक्रम गर्दै आएको कोषले पहिलो पटक काठमाडौमा सम्मान कार्यक्रम राखेको बताईन । कार्यक्रमको सञ्चालन कोष व्यवस्थापन समितिका सदस्य एवम् मानव अधिकारकर्मी विदुर दाहालले गरेका थिए । कार्यक्रममा स्व. दाहालका छोरीहरु कल्पना दाहाल र मथुरा दाहालको समेत सहभागिता रहेको थियो । 

  • Dhankutapress

थप