Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विद्यार्थिमाथि यौन दुव्र्यवहार गरेको आरोपमा फरार शिक्षक पक्राउ

  •   ४ वर्ष अघि | २७ असार २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा /विद्यार्थिमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि फरार रहेका धनकुटा नगरपालिका-८ सान्ताङ स्थित देउराली माविमा कार्यरत शिक्षक चन्द्रकुमार राई (एवाई) आईतवार राति पक्राउ परेका छन् । 

राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु माथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा आइतवार उजुरी परेको छ । असार २१ गते मंगलवार विद्यार्थि माथि यौन दुव्र्यवहार गरेको घट्ना पछि शिक्षक राई फरार रहेका थिए ।  

उक्त विद्यालयका ८ जना विद्यार्थीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका हुन् । आइतबार अपराह्न उजुरी दर्ता भएसँगै प्रहरीले राति ९ बजे विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । फारार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजनावद्ध ढंगले बोलाएर छात्र-छात्रा र अभिभावकहरुले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको एसपी अधिकारीले बताए । राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरुलाई मैया भनेर जिस्क्याउने,ब्राको इलास्टिक तन्काई दिने, संवेदनशील अंगमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफुतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।

धनकुटाको सहिदभूमी गाउँपालिका-३ कुङलाङ घर भएका ४० बर्षिया राई २०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा पढाउँदै आएका विद्यालय व्यवस्थापन समितिका सदस्य राम कुमार आठपहरियाले बताए । पीडित बालिकाहरुले यसअघि प्रधानाध्यापक यमबहादुर बस्नेत तथा अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई घटनाबारे लिखित जानकारी गराएका थिए ।

तर, बस्नेत र राईले उजुरी बेवास्ता गरेको पीडित विद्यार्थिहरुकोहरुले गुनासो गरेका छन् । आफूहरुलाई शिक्षक राईले यौन दुव्र्यवहार गरेको भन्दै प्र.अ.बस्नेतलाई कार्वाहीको लागि दिएको निवेदन उल्टै च्यातेर फालि दिएको विद्यार्थिहरुले आरोप लगाउँदै आएका छन् । पछिल्लो समय बालिकाहरु विद्यालयमा एक शिक्षिकाको जन्म दिन मनाउने क्रममा एक छात्रालाई यौन दुव्र्यवहार गरेपछि घटना बाहिरिएको एक अभिभावकले बताए । शिक्षक राईले केही वर्षदेखि बालिकाहरुलाई यौन दुव्र्यवहारका क्रियाकलाप गर्दै आएको जनाइएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा अविभावकसहित उजुरी लिएर पुगेका छात्राहरुले तत्काल पक्राउ गरि कानुन् वमोजिम कार्वाही गर्न प्रहरीलाई निवेदन दिएका थिए । तर, दिनभर प्रहरीले पक्राउ नगरेपछि आफूहरुले नै यौनदुव्र्यहारमा संलग्न शिक्षकलाई छलफलबाट सहमति जुटाउने भन्दै विद्यालयमा बोलाएर घेराउ गरेको उनीहरुका अभिभावकहरुले बताए । घटनाबारे गहिरो अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताएका छन् । बाल यौन दुरुपयोग मुद्दामा राईविरुद्ध प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २२५ अन्तर्गत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने प्रवक्ता दाहालले बताएका छन् ।

  • Dhankutapress

थप