Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

बौद्धिक समाज नेपालको अध्यक्षमा बराल

देश चलाउने जनप्रतिनिधिलाई सुझाव दिन समाज गठन भएको दावी

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/बौद्धिक समाज नेपालको आईतवार सम्पन्न तेश्रो केन्द्रिय साधरण सभाले घनश्याम बराललाई अध्यक्षमा चयन गरेको छ । 

शिक्षा प्रेमी एवं समाजसेवी पुर्व शिक्षा निर्देशक दामोदर दाहालको प्रमुख आतिथ्यमा सम्पन्न तेश्रो साधरणसभाले समाजको उपाध्यक्षमा ऋषिराम ढुङ्गाना, सचिवमा तिलक प्रसाद राई, सह–सचिवमा चन्द्रकला धमला, कोषाध्यक्षमा नारयण प्रसाद पौडेललाई चयन गरेको छ ।  त्यसैगरी ११ सदस्यीय समाजको केन्द्रिय सदस्यहरुमा इन्दिरा श्रेष्ठ, ज्योती प्रधान, डा.श्याम प्रसाद वाग्ले, स्मिता निरौला, प्रा.रमेश प्रसाद लुईटेल र राजकुमारी चेम्जोङ्गलाई चयन गरिएको छ । 

विभिन्न दल तथा सामाजिक संघ संस्थाका वुद्धिजिविहरुको आवद्धता रहेको सामाजको भेलाको मुख्य उदेश्य भनेको राष्ट्रलाई सहि दिशा निर्देश गर्न रहेको संस्थापक अध्यक्ष जगदिश रेग्मीले बताए । भेलालाई सम्वोधन गर्दे रेग्मीले भने–‘देश चलाउने जनप्रतिनिधिहरुले सहि ढंगले देश नचलाएकाले वौद्धिक समाज नेपाल नामको संस्था स्थापना गर्नु परेको हो ।’ उनले आफू र आफ्ना संस्थाका पदाधिकारी एवं सदस्यहरुले देशको विकास गर्छु भनेर लागेका जनप्रतिनिधिहरुलाई सहि सल्लाहा सुझाव दिने दावी गरे । 

धनकुटामा केन्द्रिय कार्यलय रहेको समाजको स्थापना वि.सं.०७६ सालमा भएको थियो । संस्थाका संस्थापक एवं तत्कालिन अध्यक्ष लोकन्द्र रायमाझीको वि.सं.०७९ चैत्र १२ गते निधन भएपछि रिक्त रहेको अध्यक्ष लगायत विभिन्न पदको पुनर्गठन गरिएको नवनिर्वाचित अध्यक्ष घनश्याम वरालले वताए । 

  • Dhankutapress

थप