Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको जिरोप्वाइन्टमा मालवाहक उत्तानो पर्यो

  •   १० महिना अघि | ८ पुस २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

मिङ्गमा लामा

धनकुटा/मंगलवार बिहान करिव ५१५ वजेको समयमा धनकुटा नगरपालिका ७ जिरोप्वाइन्टमा ना ७ ख ११६१ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हो ।

सोमवार अपरान्ह सुनसरीको इटहरीबाट चामल  लगायतका खाद्यन्न र अन्य आवश्याक किराना पसलको सामान लिएर हिलेतर्फ उकालो जाँदै गरेको मालवहाक ट्रकको स्ट्रिङ्ग कटाएपछि माथिल्लो सडकबाट तल्लो सडकमा उत्तानो परेको चालक इन्द्र मगरले बताए ।ट्रकमा रहेका चालक इनद्र मगर र सह–चालक क्षेत्र शेर्पा सकुसल रहेको प्रहरीले जनाएको छ । हिलेमा खाद्यन्न लगायतको समाग्री वोकेर हिले तर्फ गईरहेको मालवाहक ट्रक छथरजोरपाटीका राम शेर्पाको भएको सहचालक क्षेत्र शेर्पाले बताए । दुर्घटना ग्रस्त ट्रकमा रहेको खाद्य सामाग्रीहरुको मंगलवार नै ट्राफिक प्रहरी र स्थानियवासीको सहयोगमा अर्को ट्रकमा हाले गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।  

  • dhankutapress

थप