Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा नगर क्षेत्रका दुई स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा

  •   १ वर्ष अघि | २ साउन २०८२, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका क्षेत्रमा रहेको दुई स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु शुरु भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका वडा नम्बर ३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन मार्फत अथवा भिडियो कलमार्फत स्वास्थ्य उपचार सेवा सुरु गरिएको हो । विशेषज्ञ डाक्टरले परामर्श, प्राथमिक उपचार सम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधि सम्बन्धी सल्लाह लगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । 

      यो सेवा मार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियो मार्फत विशेषज्ञ डाक्टर समक्ष समस्या राख्छन् । अनि डाक्टरले सबै कुरो बुझेर औषधि वा थप उपचारको सिफारिस गर्ने गर्दछन् । हप्तामा एक दिन मात्र उपलब्ध गराइने सो सेवा प्रत्येक बुधवार सञ्चालन हुनेछ । दीर्घ रोगी, नियमित औषधि प्रयोगकर्ता लगायतका बिरामी नियमित अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य हुने सहरी स्वास्थ्य क्लिनिक पात्ले धनपा–३ ले जनाएको छ । आर्थिक रुपमा विपन्न जो ठूला ठूला अस्पतालसम्म पुगेर स्वास्थ्य उपचार लिन नसक्ने तथा जेष्ठ नागरिकहरुको लागि यो सेवा प्रभावकारी हुने धनकुटा नगरपालिकाका स्वास्थ्य सेवा उपशाखाका प्रमुख भोजराज भण्डारीले बताए । भण्डारी उक्त सेवाको लागि धनकुटा नगरपालिका वडा नं.३ को विशेष पहलमा शुरु गरिएको बताए । उनले यो नगर क्षेत्रमा १० वटा शहरी स्वास्थ्य क्लिनिक, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई रहेको जानकारी दिए । उनले वडा नं.१० को शहरी स्वास्थ्य क्लिनिक मार्गा, वडा नं.३ को शहरी स्वास्थ्य क्लिनिक पात्ले, वडा नं.८ को शहरी स्वास्थ्य क्लिनिक साङताङ, वडा नं.२ भीरगाउँ स्वास्थ्य चौकी, वडा नं.९ वेलहरा स्वास्थ्य चौकी र सोही वडा अन्तर्गत सामुदायिक स्वास्थ्य इकाई मुलघाटमा भने अनलाई सेवा सुचारु गरिएको बताए । 

त्यसैगरी धनकुटा नगरपालिका वडा नं.५ को वालमिन्दर, वडा नं.४ को दानावारी, वडा नं.८ को टेकुनाला र वडा नं.६ को खाल्डेमा पनि शहरी स्वास्थ्य क्लिनिक संचालनमा रहेको छ । ति क्लिनिकहरुमा भने अनलाईन सेवा नरहेको थप स्वास्थ्य सेवा विस्तारै गर्दै जाने धनकुटा नगर स्वास्थ्य उपशाखाका प्रमुख जनस्वास्थ्य निरिक्षक भोजराज भण्डारीले बताएका छन् । 

  • dhankutapress

थप