Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा सिटी जेसिज वर्ष २०२६ मा भट्टराई

  •   १० महिना अघि | १९ पुस २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा सिटी जेसिजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसहमत रूपमा चयन गरिएको छ । 

सर्वसम्मत निर्वाचनबाट जेसि सुवास भट्टराई अध्यक्ष (वर्ष २०२६) मा चयन गरिएको छ । कार्यकारी उपाध्यक्षमा जेसि दुर्गा घिमिरे र जेसि मिलन बुढाथोकी कानुनी सल्लाहकारमा जेसि सुवास खनाल, महासचिवमा जेसि भोलाराज थापा र कोषाध्यक्षमा जेसि सबिन श्रेष्ठ निर्वाचित भएका छन् ।

    कार्यकारी उपाध्यक्षमा जेसि दुर्गा घिमिरे र जेसि मिलन बुढाथोकी चयन हुन् भएको छ । यस्तै, कानुनी सल्लाहकारमा जेसि सुवास खनाल, महासचिवमा जेसि भोलाराज थापा र कोषाध्यक्षमा जेसि सबिन श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा जेसि दर्शन थापा, जेसि सुबन श्रेष्ठ, जेसि इनद्रबहादुर श्रेष्ठ र जेसि बिरेन्द्र तामाङ सचिवमा तुलसी जंग कार्की, जनसम्पर्क अधिकारीमा लिलम थापा, तालिम निर्देशकमा दिपा थापा र प्रकरण निर्देशकमा आयुस थापा चयन भएको निर्वाचन अधिकृत जेसि विजय अधिकारले जानकारी दिए । निवर्तमान अध्यक्ष (वर्ष २०२५) को जिम्मेवारी जेसि दिनेश भण्डारीले सम्हालेका थिए । 

     धनकुटा सिटी जेसिजले विगतदेखि नै जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ । युवा नेतृत्व विकास, सामाजिक सेवा, सचेतना अभिवृद्धि तथा समुदाय सशक्तीकरणका क्षेत्रमा संस्थाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । नयाँ कार्यसमितिले पनि यस्ता गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अध्यक्ष्य भट्टराईले जानकारी दिए । 

  • dhankutapress

थप