Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेकपा समाजवादी जिल्ला कमिटी धनकुटा एमालेमा सर्लक्कै

  •   १२ महिना अघि | २९ कार्तिक २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/विघटित नेकपा एकीकृत समाजवादी धनकुटाको टिम नेकपा एमालेमा सल्र्लकै समाहित भएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष एवं यूवा नेता अर्जुन राईसहितको टिम नेकपा एमालेमा सर्लक्कै  समाहित भएको हो । शुक्रबार धनकुटामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीको सिङ्गो टिम नेकपा एमालेमा समाहित भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा जिल्ला अध्यक्ष अर्जुन राईले एकीकृत समाजवादी धनकुटाको बैठक बसेर ४१ जनाले संयुक्त रुपमा नर्णय गरेर सिङ्गो पार्टी नेकपा एमालेमा समाहित भएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले अब एमालेको अभियानमा आफूहरू थप मजबुत हिसाबमा लाग्ने बताए । बर्षौसम्म नेकपा एमालेमा दुःख गरेकाले फेरी पनि एमालेमा फर्किनु कुनै अनौठो नलग्ने बताए । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीको बैठक शुक्रवार बसेको थियो । सो बैठकले सिङ्गो टिम समाहित हुने निर्णय गरेपछि पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले नेकपा एकीकृत समाजवादीको टिमलाई एमालेमा स्वागत गर्दै अब सक्रिय रुपमा पार्टीको अभियानमा लाग्न आग्रह गरे । एमाले जनताको पक्षमा उभिँदा अहिले एमालेमाथि चौतर्फी घेराबन्दी भएको भन्दै उनले भ्रमहरूलाई चिर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।सो अवसरमा एमाले जिल्ला अध्यक्ष शिव आङ्ला र प्रचार विभाग प्रमुख रविन कट्टेलले कार्तिक २९ गते सनिबार हुने एमाले धनकुटाको वृहत जनप्रदर्शनमा जनप्रदर्शनमा सहभागिताका लागि पार्टी नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकहरूसहितलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा नेकपा एसका जिल्ला उपसचिव गोपाल बराईली, यूवा जुझारु नेता सुजनभाई जोशी, एमालेका प्रदेश सदस्य यज्ञकुमारी रुचाल, जिल्ला उपसचिव नैन विश्वकर्मा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।  पत्रकार सम्मेलन नेकपा समाजावादीका धनकुटा उपाध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । एमालेले शक्ति प्रदर्शन गर्ने :

धनकुटामा नेकपा एमालेले भोली १५ हजार भन्दा बढी नेता कार्यकर्ता सडकमा उतार्ने भएको छ । एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत धनकुटामा पनि वृहत जनप्रदर्शनको तयारी गरिएको हो । शनिवार बिहान ११ बजे बसपार्कमा भेला भएर बजारमा वृहत जनप्रदर्शन गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । जनप्रदर्शनमा धनकुटाका सात वटै पालिकाबाट नेता कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरु सहभागी हुनेछन् ।

  • dhankutapress

थप