धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगर कार्यपालिकाको कार्यालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि तथा कार्यान्वयन अवस्थाबारे प्रगती प्रतिवेदन सांरशमा प्रश्तुत् गरेर समीक्षा गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा गरेका विकास निर्माण, सेवा प्रवाह, बजेट निर्माण तथा विभिन्न क्षेत्रका कार्यक्रमहरुको प्रगति प्रस्तुत गर्दै आगामी दिनमा योजना तथा कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो । समीक्षा कार्यक्रममा धनकुटा नगरपालिकामा रहेका गैरसरकारी संस्थाहरु मानव अधिकार रक्षक संजाल, महलिा पुनःस्थापना सेवा केन्द्र, सामुदायिक विकास मञ्च, अपाङ्ग सेवा संघ, हुसाडेक नेपाल, पर्डेप नेपाल, सल्भ नेपालले आ–आफ्नो संस्थाले गरेको प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए ।
त्यसैगरी धनकुटा नगरपालिकाका १० वटै वडा कार्यालयहरुले पनि प्रगती प्रतिवेदन प्रश्तुत् गरेका थिए । प्रश्तुत् गरिएको प्रतिवेनअनुसार वडा नं.१ ले २२ वटा योजना वर्षभरीमा संचालन गरेको जनाएको छ । त्यसैगरी वडा नं.२ ले २२ वटा, वडा नं.३ ले २८ वटा, वडा नं.४ ले १८ वटा, ५ दे ७ वटा, वडा नं.६ दे १९ वटा, वडा नं.७ ले १० वटा, वडा नं.८ ले ६२ वटा, वडा नं.९ ले २४ वटा र वडा नं.१० ले २९ वटा योजना संचालन गरेको जनाईएको छ ।
त्यसैगरी नगरपालिकाका विभिन्न शाखा तथा उप–शाखाहरु मध्ये महिला वालवालिका उप–शाखा, नगर प्रहरी इकाई, लैङ्गिक हिंसाा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा पहँच परियोजना, न्यायिक समिति, भूमि प्रशासन शाखा तथा नापजाँच शाखा, कृषि विकास शाखा, खरिद तथा सम्पती व्यवस्थापन उप–शाखाआन्तरिक लेखापरिक्षण उप–शाखा, राजश्व प्रकाशन शाखा, वातवरण शाखा, स्वास्थ्य उप–शाखा, सामाजिक विकास उप–शाखा, शिक्षा तथा खेलकुद विकास उप–शाखा, आर्थिक विकास शाखा, शहरी तथा पूर्वाधार विकास शाखा, आर्थिक विकास शाखा, योजना अनुगमन तथा प्रशासन शाखाले वर्षभरि गरेका आ–आफ्नो कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै धनकुटाका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले धनकुटा नगरपालिकाको चालु आर्थिक वर्षका कार्यक्रम सञ्चालन गर्न गत वर्षको कार्यक्रमको समीक्षाबाट सहयोग पुग्ने बताए । धनकुटा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रममा प्रगती प्रतिवेदन प्रश्तुत् गर्ने विषयगत शाखा, उप–शाखा प्रमुखहरुलाई धन्यवाद् दिदै प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले भने–‘पालिका भित्र सुशासन कायम गर्न योजनाहरुको प्रभावकारी कार्यान्वयन, अनुगमन र नियमन नै मुख्य भएको बताए ।
उनले प्रगती समिक्षा कार्यक्रममा सवै जनप्रतिनिधिहरुको उपस्थिति नरहेको भन्दै गुनासो पोखे । उनले प्रगती समिक्षा कार्यक्रममा धनकुटा नगरको १० वटै वडामा कार्यरत वडा सचिवहरुले प्रगती प्रतिवेदन प्रश्तुती गरेको धन्यवाद् दिए । प्रगती समिक्षा कार्यक्रममा अधिकांश वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थिएन ।
‘धनकुटा नगरपालिकाले समृद्ध धनकुटाको आधार ः स्थानीय उत्पादन, खेलकुद, पर्यटन र पूर्वाधार‘ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमहरु नगर विकासको लागि गर्दै आएको छ । प्रगती समिक्षा कार्यक्रम उप–प्रमुख भीमादेवी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख सीताराम गौतमले गरेका थिए ।
- dhankutapress