Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पाख्रीवास नगर महासंघको अध्यक्षमा अम्बीका गुरुङ

  •   ३ महिना अघि | २४ साउन २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

पाख्रीवास/नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पाख्रीवास धनकुाटको तेश्रो नगर अधिवेशनले अम्बीका गुरुङ्गलाई नगर महासंघको अध्यक्षमा सर्वसम्मत आइतवार चयन गरेको छ । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका पुर्व सदस्य एवं पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न तेश्रो नगर अधिवेशनले उपाध्यक्षमा यज्ञवहादुर राईलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी नगर परिषदको सचिवमा दिपक भुजेल, सह–सचिवमा सरोज श्रेष्ठ र कोषाध्यक्षमा सन्तवहादुर गान्छाकी मगरलाई चयन गरिएको जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नविनकिशोर शाक्यले जानकारी दिए । आईतबार साँझ अवेरगरी सम्पन्न नगर महासंघको वन्द सत्रले सदस्यहरुमा हरिकुमार माङवुङ आठपहरिया, लोकवहादुर देवानलाई चयन गरिएको छ । १० वटा जातिय संस्थाहरु आवद्ध रहेको नगर समन्वय परिषद पाख्रीवासमा किराँत याक्थुङ्ग चुम्लुङ्ग, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ र नेपाल माझी उत्थान संघका एकल जातिबाट सदस्यमा मनोनयन गरिने उपाध्यक्ष नव निर्वाचित अध्यक्ष अम्बीका गुरुङ्गले वताईन ।  साँस्कृतिक सभा शुरु हुनु पुर्व पाख्रीवास नगरमा विभिन्न जातजातिको भेषाभुषा सहितको साँस्कृतिक झाँकी प्रश्तुत् गरिएको थियो । साँस्कृतिक सभाको उद्धघाटन सत्रमा विभिन्न कालखण्डमा नेपाल आदिवासी जनजाति महासंघ धनकुटालाई योगदान पुर्याउने ४ जना आदिवासी जनजातिका अगुवाहरुलाई सम्मान गरिएको थियो । 

सम्मानित हुनेहरुमा पुर्व नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका सदस्य एवं पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ्ग, तमु ह्युल्ला छाँधी धनकुटाका अध्यक्ष निरोज गुरुङ्ग, नगर महासंघ पाख्रीवासलाई कार्यालय भवनको लागि जग्गादान गर्ने दानवीर अर्जुन गुरुङ्ग, पाख्रीवास–३ निवासी हरि कुमार राईलाई दोसल्ला, खदा र सम्मान पत्रले कदर गर्दै सम्मान गरिएको थियो ।    

  • dhankutapress

थप