Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

खोल्सीमा खसेकी महिलाको सकुशल उद्धार

  •   १ वर्ष अघि | २९ असार २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा हिले सडक खण्डमा पर्ने परिचयमोड स्थित् खोल्सीमा खसेकी एक महिलाको सनिवार उद्दार गरिएको छ ।

धनकुटा नगरपालिका ६ परिचय मोड स्थित कोशी लोकमार्गको सडक पेटीमा बसेकी अन्दाजी ३५ बर्षिया पुर्णिमा राई अचानक बाटोको छेउबाट अन्दाजी ७० मिटर गहिरो खोल्सी खसेर दुर्घटनामा परेकी थिईन ।  उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको उद्धार टोलीले उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

सनिवा। सांझ करिब ६ः३० बजे  महिला खसेको जानकारी पाउनसाथ जिप्रका धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा १० जनाको टोली खटी गई सकुशल उद्दार गरिएको डीएसपी खनालले बताए ।

महिलाको उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ । उनको अवस्था सामान्य रहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

  • dhankutapress

थप