Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

यात्रुवाहक बस पल्टिदा एक जना वृद्धा महिला घाईते

  •   १ वर्ष अघि | १५ कार्तिक २०८२, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धरान धनकुटा सडक खण्डको मुलघाट रुद्रबारी सडक अन्तर्गत धनकुटा नगरपालिका वडा नं.९ मा शुक्रवार बिहान ८.३० वजे यात्रुवाहक बस पल्टिंदा एक जना महिला घाइते भएका छन् ।

जिल्लाको धनकुटा नगरपालिका–९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट खोटाङ्गको दिक्तेल तर्फ जादै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो । प्र.१–०२–००१ ख ९५१९ नम्वरको बसको हावाको हाइडोलिक पाइप पड्किन गई अनियन्त्रित भई सडकमा नै पल्टिदा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । यात्रुवाहक बसमा सवार २७ जना मध्ये मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ बर्षिया मिना गुरुङको ढाडमा चोट लागि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । घाइतेको प्राथमिक उपचारको लागि धनकुटा जिल्ला अस्पतालमा लगिएको थियो । थप उपचारको लागि प्राथमिक उपचार पश्चात धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अन्य यात्रु सबै सकुशल रहेको डीएसपी कार्कीले बताए ।

घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रसनि टंक थापाको कमाण्डमा प्रहरी टेली खटि गइ उद्दार गरिएको साथै गाडी घट्नास्थलमा नै रहेको भएपनि बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

  • dhankutapress

थप