Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

हिले भीरगाउँ सडक विश्व बैंकको सहयोगमा कालोपत्रे सुरु

  •   ५ महिना अघि | ४ असार २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकाको वडा नं.१ हिले–चोक्रोक–भिरगाउँ हुँदै ऐतिहाशिक मधुगंगा धामसम्मको सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । वि.सं.२०५७ सालमा जनश्रमदानबाट खनिएको उक्त सडक अहिले विश्व बैंकको करिब ३६ करोड रुपैयाँ सहयोगमा कालोपत्रे गर्ने शुरु भएको हो ।

सरकारी बजेट र प्राविधिक पहुँच सीमित भएको उबेला गाउँलेहरुले ९६ दिनसम्म आफ्नो मानु खाएर जनश्रमदान गरेर सडकको ट्रयाक खोलेका थिए । धनकुटा नगरपालिका वडा नं. १ र २ मा पर्ने यो सडक सुरुमा भीरगाउँका स्थानीयलाई हिले बजार पैदल आउ–जाउ गर्न सजिलो बनाउने उद्देश्यले खनिएको थियो । तर, समयसँगै यो सडक रिङरोड अवधारणासँग जोडियो र अहिले धनकुटा नगरपालिकाको विकासको मेरुदण्ड बन्न पुगेको छ ।हाल विश्व बैंकको सहयोगमा सुरु भएको परियोजना अन्तर्गत करिब ७.२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । यसमध्ये ३.३ किलोमिटरमा ढलान भइसकेको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रेको काम अघि बढिरहेको छ । धनकुटा नगरपालिकाका योजना, अनुगमन तथा प्रशासन शाखाका अधिकृत सीताराम गौतमका अनुसार मौसमले साथ दिए यही असार महिनाभित्रै कालोपत्रे गरीसक्ने लक्ष्य छ । सडक स्तरोन्नति हुँदा मधुगंगा धामसम्म धार्मिक पर्यटकको पहुँच सहज हुने र स्थानीय होटल, साना व्यवसाय र सेवामूलक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास छ ।

धनकुटा नगर क्षेत्रमा रिङरोड अवधारणा पूरा हुन बाँकी :

त्यसो त माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपनि तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति नहुदाँ रिङरोड अवधारणा पूरा हुन भने सकेको छैन् । बजेट अभावका कारण काम अघि बढ्न नसकेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । हाल ट्रयाक खोल्ने र संरचनागत पूर्वाधार तयारीको काम भने भईरहेको प्रमुख तामाङले थपे । विश्व बैंकसमक्ष प्रस्ताव पेश भए पनि स्वीकृति आउन बाँकी रहेको उनले जानकारी दिए ।

माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएसँगै हिले बजारबाट भिरगाउँसँगै मधुगंगा धाम सुगम बनेको छ । यस्तै तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडक स्तरोन्नति वा कालोपत्रे भएपछि धनकुटा बजार भिरगाउँ र मधुगंगा धाम सुगम बनेसँगै धनकुटा नगरपालिकाको रिङरोड अवधारणा पूरा हुनेछ ।

  • dhankutapress

थप