Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

छथरजोरपाटी धनकुटाको ध्वाजे डाँडामा वृक्षारोपण

  •   ५ महिना अघि | २२ जेष्ठ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/विश्व बातवरण दिवसको अवसरमा धनकुटामा बातवरण संरक्षण सम्बन्धी सचेतना तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्रि विकास‘ भन्ने मुल नाराका साथ आयोजना गरिएको वातवरण सम्वन्धी सचेतना तथा वृक्षारोपण कार्यक्रमको समुद्धघाटन जिल्ला समन्वय समिति धनकुाटका प्रमुख निरेन तामाङले गरेका थिए । कार्यक्रमको उद्धघाटन गर्दे जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जलवायु परिवर्तनको चुनौती बढिरहेका बेला वन संरक्षण, जैविक विविधताको संवद्र्धन जस्ता कार्यक्रमले वातवरणीय सन्तुलन कायम राख्न समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।सो अवसरमा छथरजोरपाटी गाउँपालिका वडा नं.२ ध्वजेडाँडामा चाँप र गुराँस प्रजातीका विरुवा वृक्षारोपण गरिएको थियो । कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी, डिभिजन प्रमुख सन्जिबराज ढकाल, सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा लगायतले पनि वृक्षारोपण गरेका थिए । त्यसैगरी वृक्षारोपण कार्यक्रममा सामुदायिक बनका उपभोक्ताहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेक कर्मचारीहरु र स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले विभिन्न प्रजातिका बिरुवा रोप्दै बन संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरूले बातावरण संरक्षण एक दिनको अभियान नभई दैनिक आईपर्ने जीवनशैलीसँग जोडिएको विषय भएकाले वृक्षारोपणसँगै वन तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनु पर्ने बताएका थिए । 

डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रम, छथरजोरपाटी गाउँपालिकाको समन्वय तथा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ धनकुटाको सहकार्यमा सम्पन्न भएको थियो । 

  • dhankutapress

थप