Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भूमिहीनलाई जग्गा वितरण प्रक्रिया चाँडो अघि वढाउनु पर्नेमा जोड

  •   ३ महिना अघि | १६ साउन २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियालाई प्रभावकारी र तीव्र बनाउन धनकुटामा स्थानीय तह र सरोकारवालाबीच सनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति धनकुटाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका सदस्य सचिव एवं नापी अधिकृत आनन्दकुमार देवले राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको कानुनी परिभाषा, लाभग्राही पहिचान र जग्गा वितरण प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा उनले प्रस्तुत गरेको विवरणअनुसार धनकुटा जिल्लामा हालसम्म ५ हजार २ सय ५७ निवेदन दर्ता भएका छन । तीमध्ये भूमिहीन दलित १२८, भूमिहीन सुकुम्बासी ४२४ र अव्यवस्थित बसोबासी ४ हजार ७ सय ५ जना रहेका छन । स्थानीय तहगत तथ्यांकअनुसार धनकुटा नगरपालिकामा भूमिहीन दलित ६४, भूमिहीन सुकुम्बासी २४० र अव्यवस्थित बसोबासी ५९९ जना रहेका छन । 

पाख्रीबास नगरपालिकामा भूमिहीन दलित १, भूमिहीन सुकुम्बासी ३२ र अव्यवस्थित बसोबासी ३६७ जना छन । त्यस्तै महालक्ष्मी नगरपालिकामा भूमिहीन दलित २९, भूमिहीन सुकुम्बासी ५८ र अव्यवस्थित बसोबासी ६५३ रहेको छ भने सहिदभूमि गाउँपालिकामा भूमिहीन दलित २, भूमिहीन सुकुम्बासी १ र अव्यवस्थित बसोबासी १६१ रेहका छन् । त्यस्तै, साँगुरीगढी गाउँपालिकामा भूमिहीन दलित २०, भूमिहीन सुकुम्बासी ४१ र अव्यवस्थित बसोबासी १ हजार ४३८ र छथर जोरपाटी गाउँपालिकामा भूमिहीन दलित ५, भूमिहीन सुकुम्बासी २९ र अव्यवस्थित बसोबासी ४८७ रहेको छ भने चौबिसे गाउँपालिकामा भूमिहीन दलित ७, भूमिहीन सुकुम्बासी २३ र अव्यवस्थित बसोबासी १ हजार जना रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । 

अन्तरक्रियामा सहभागीहरूले वास्तविक लाभग्राहीको पहिचान, तथ्यांक अद्यावधिक, नापजाँच, जग्गा प्रमाणीकरण तथा लालपुर्जा वितरण प्रक्रियालाई छिटो, पारदर्शी र समन्वयात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए।जिल्ला भूमि समस्या समाधान समितिले स्थानीय तहसँगको सहकार्यमा बाँकी प्रक्रिया शीघ्र सम्पन्न गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जनाएको छ।

  • dhankutapress

थप