धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धरानवाट तमोर करिडोर हुँदै पाँस्थरको यासोक जाने यात्रुवाहक वस आइतवार विहान १०.४५ वजे कोशी लोकमार्गको लेउती भेडेटार सडक खण्डको चारखोले गोलाईमा दुर्घटना भएको छ ।
को १ ख ५१०५ नम्वरको यात्रुवाहक वस अनियन्त्रित् भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कति हताहत भए भन्ने कुरा यक्किन नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारको लागि उद्धार कार्य तिव्र भईरहेको धनकुटा प्रहरीका प्रवक्ता डिएस्पी हेमन्त भण्डारीले जनाकारी दिएका छन् । दुर्घटनाको थप विवरण आउन वाँकी रहेको प्रहरीले जनाएको छ ।
- dhankutapress