Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

किराँत याक्थुङ चुम्लुङ्ग धनकुटा नगरको अध्यक्षमा पुनः नेमराज ताम्लिङ

  •   २ महिना अघि | १८ भदौ २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता
धनकुटा/किराँत याक्थुङ्ग चुम्लुङ्ग नगर समिति धनकुटाको पाँचौं नगर अधिवेशन तथा ३८ औं स्थापना दिवस वुधवार धनकुटामा सम्पन्न भएको छ ।
किराँत याक्थुङ्ग चुम्लुङका केन्द्रिय सदस्य इन्द्रकुमारी लिम्वूको प्रमुख आतिग्यमा सम्पन्न ३८ औं स्थापना दिवस तथा पाँचौं नगर अधिवेशनको बन्द सत्रले अध्यक्षमा पुनःनेमराज ताम्लीङ लिम्वूलाई सर्वसम्मत चयन गरेको छ । वुधवार साँझ सम्पन्न नगर अधिवेशनले उपाध्यक्षमा स्वर्णिमा माङयक, सचिवमा डम्बर खवाहाङ, सह–सचिवमा कमला संयोक लिम्वु र कोषाध्यक्षमा कलावती पारघरी लिम्वुलाई सर्बसम्मत चयन गरिएको छ । नगर समितिको सदस्यहरुमा तुलसी प्रसाद ईवा, प्रेम पारघरी लिम्वु, पुनव नाल्वो लिम्वु, बबिता राई लिम्वु, रीमा राई लिम्वु, उदि पारघरे लिम्वु, पवित्रा देवान लिम्वु, भगिश्वर लिम्वु, देशवहादुर मादेन लिम्वु र विष्णुमाया कन्दङ्गवा (कविता) लिम्वुलाई चयन गरिएको छ । विधान वमोजिम २१ सदस्यीय नगर समितिमा वाँकी समितिको सदस्यहरु भूगोल हेरेर पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष नेमराज ताम्लीङ लिम्वुले जानकारी दिए । 
३८ औं स्थापना दिवस एवं पाँचौं नगर अधिवेशनवाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई किराँत याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य इन्द्रकुमारी लिम्वु, जिल्ला अध्यक्ष हेमकुमार आङ्गला, जिल्ला सचिव शिव कुमार तिगेला, प्रदेस सदस्य प्रेमवहादुर तुम्वाहाङ, फोनिज प्रदेस नं.१ का पुर्व अध्यक्ष सन्तवीर लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जिल्लाको विभिन्न विद्यालयमा अध्ययनरत २ छात्रा र २ छात्र गरी ४ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
पुरस्कार चुम्लुङ्ग छात्रवृद्धि पाउँनेहरुमा छथारजोरपाटी गाउँपालिका वडा नं.३ मा रहेको चुलाचुली माविमा अध्ययनरत छात्र युनिश लिम्वुले ०८२ को माध्यामिक शिक्षा परिक्षा एसईईमा ३.८५ जिपिए ल्याएर उत्कृष्ठ नतिजा ल्याएको भन्दै कियाचु सहयोग कोषबाट १० हजार नगद पुरस्कार र सम्मानपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी सोही माविमा कक्षा ६ मा अध्ययनरत छात्रा अनुष्का लिम्वूले ०८२ सालमा संचालित परिक्षामा ३.२ जिपिए ल्याई उतिर्ण हुन सफल भएको भन्दै कियाचु इजरायल कल्याणकारी कोषबाट ५ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।
त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.१ बोझेनी हात्तिखर्कमा रहेको शारादा माविमा कक्षा ९ मा अध्ययनरत छात्रा समिक्षा लिम्वुलाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यसैगरी चौविसे गाउँपालिका वडा नं.४ मा रहेको पुन्य मावि राजारानीमा कक्षा १० मा अध्ययनरत छात्र अभिशेक लिम्वुलाई पनि नगद ५ हजार सहित प्रमाणपत्रले कियाचु सहयोग कोषबाट सम्मान गरिएको छ ।
  • dhankutapress

थप