धनकुटा प्रेस सम्वाददाता
धनकुटा/सुनसरीको रामधुनी नगरपालिका वडा नं.५ स्थित् रहेको पिङ्गक लोटस इङ्गलिस स्कुलका छात्रा–छात्रहरु शैक्षिक भ्रमण गएर फर्किदै गरेको विद्यालयको बस धनकुटामा आईतबार अपरान्ह ४.३० वजे दुर्घटना भएको छ ।
सनिबार सुनसरीको झुम्काबाट तेह्रथुमको तिनजुरे क्षेत्रमा शैक्षिक भ्रमणमा गएको ३६ जना विद्यार्थि बोकेको को १ ख ५३१३ नम्वरको उक्त वस फर्कने क्रममा धनकुटा नगरपालिका वडा नं.७ जिरोपोइन्ट नजिक रमाइलो घुम्तीमा दुर्घटना भएको हो । २२ जना छात्रा, १४ जना छात्र, ३ जना शिक्षक, २ जना गरी जम्मा ४१ जना यात्रु लिएर सनिवार विहान तेह्रथुमको मिल्के, जल्जले र तिन्जुरे क्षेत्रमा शैक्षिक भ्र्रमणमा निस्किएको थियो । वसमा सवार मध्ये २९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा रामधुनी–५ सुनसरीकी वर्ष, १७ की श्रीया वस्नेत, रामधुनी–२ की वर्ष १६ का सम्याम श्रेष्ठ, रामधुनी–५ की वर्ष १६ की वन्दना अधिकारी, रामधुनी–२ का वर्ष ५२ का रमेश कार्की, रामधुनी–२ की वर्ष १७ की अल्विना खातुन, रामधुनी–१ की वर्ष १७ की रस्मी वस्नेत, इटहरी–१६ का वर्ष १६ का पर्वत खत्री, सोही वडाका वर्ष १६ का सन्दिप चौधरी, इनरुवा–६ का वर्ष १६ का साजन सुवेदी, रामधुनी–५ का वर्ष १६ का आनन्द अटल, सोही वडाकी वर्ष १६ की प्रतिक्षा गुरागाँई, सोही वडा वस्ने वर्ष १५ की अन्सु लामीछाने, रामधुनी–२ वस्ने वर्ष १६ की अग्रीमा कार्की रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । अधिकांश घाईतेहरुको टाउको, शरिरको विभिन्न भागमा चोटपटक लागे पनि गम्भिर अवस्थामा कोही पनि नभएको अस्पताल स्रोतले जनाएको छ ।
त्यसैगरी स्कुल वसका चालक भूवन चौधरी, सह–चालक राधेलाल कर्ण पनि घाईते भएका छन् । सह चालक राधेलालका अनुसार रमाइलो घुम्तीमा आइपुगेपछि वसको ग्यार चेन्ज गर्दा व्रेक नलागेपछि सडक नजिकै गोलाईको घरमा गएर ठोकिएर पल्टिएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सरद कुमार थापाका अनुसार दुर्घटनामा परेकाहरु मध्ये अधिकांस सामान्य घाईते रहेका छन् । घाईते मध्ये केहीको आईतवार साँझ नै रेफर भैसकेका छन् भने केही घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको थापाले बताएका छन् । चालक भूवन चौधरीको अवस्था अलिक गम्भिर भएकाले धरान रेफर गरिएको प्रहरी प्रमुख थापाले जानकारी दिएका छन् । 
- dhankutapress