धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मोरङ्गको विराटनगरबाट धनकुटाको जितपुर आन्द्रुङ्ग जाँदै गरेको साईराम यात्रुवाहक बस धनकुटा नगरपालिका वडा नं.१ निगालेमा दुर्घटना हुँदा २ जनाको घटना स्थल मै मृत्यु भएको छ । ।
प्र–१–०२–००१ ख ९६०६ नम्वरको यात्रु वाहक वसको टायर पड्किएर दुर्घटना हुँदा महालक्ष्मी नगरपालिका वडा नं.६ वस्ने वर्ष ५५ की गंगा कार्कीको घट्ना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घट्नामा परि गम्भिर घाईते भएका महालक्ष्मी नगरपालिका वडा नं.९ वस्ने वर्ष ६० का डिल्ली बरालको पनि मृत्यु भएको छ । धट्ना वुधवार ११ वजेर ४५ जाँदा निगाँलेमा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं.४ वस्ने वर्ष ४५ का दुर्गा तिम्सीना भट्टराई, मोरङ्ग केरावारी गाउँपालिका वडा नं.९ वस्ने वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपािलका वडा नं.८ वस्ने वर्ष ७५ की तारादेवी काफ्ले, सोही वडा वस्ने वर्ष १७ की खुशी लुङ्गेली, मोरङ्ग सुन्दर हरैचा–७ गछिया वस्ने वर्ष ८ की अंकिता खड्का र महालक्ष्मी नगरपालिका–७, धनकुटा वस्ने वर्ष ३३ की सृजना जिमी घाईते भएको प्रहरीले जनाएको छ ।
अन्य घाईतेको धनकुटा अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- dhankutapress