Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

मुलुकको तीव्र विकासको लागि डिजिटल पूर्वाधारमा सरकारले लगानी गर्ने– संचार मन्त्री शर्मा

  •   ५ महिना अघि | ८ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/संचार तथा सूचना प्रविधि मन्त्रालय रेखा शर्माले मुलुकको तीव्र विकासको लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनु पर्ने बताएकी छिन् । 

मध्य पहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै मन्त्री शर्माले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् । 

जसको कारण सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको मन्त्री शर्माको भनाई छ । सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै हो । यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उनले बताइन् । 

उनल् नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार कार्य सम्पन्न गरी सेवा सञ्चालन गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद दिएकी थिइन् । उनले दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा यो निकै ठूलो उपलब्धि भएको बताइन् । 

यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर (एफटिटिएच पुुगेका जिल्लाको संख्या ७३ पुर्याइएको बताइन् । 

मध्यपहाडी लोकमार्ग आफैमा गणतन्त्र नेपालको उपहार बताउँदै उनले कूल १८७९ किलोमिटर लामो यो राजमार्गले मध्यपहाडका २६ जिल्ला जोड्दै करिब ५० लाख जनताहरुलाई प्रत्यक्ष यातायातबाट लाभान्वित हुने बताइन् । 

उनले पाँचथर जिल्लाको चियोभञ्ज्याङ्गदेखि पश्चिममा बैतडी जिल्लाको झुलाघाटसम्म जोड्ने यो सडक राजनीतिक परिवर्तनसँग जोडिएको बताइन् । शान्ति प्रक्रियापछि तत्कालीन नेकपा माओवादी पहिलोपटक सरकारमा गएपछि आर्थिक वर्ष २०६४÷०६५ देखि यो रुपान्तरणकारी योजनाको रुपमा अघि बढेको थियो उनको भनाई छ । 

उनले सडकसँगै विद्युत, दूरसञ्चार, खानेपानीलगायतका अत्यावश्यकीय पूर्वाधार निर्माण गरेर मात्रै भौतिक विकासलाई पूर्णता दिन सकिने बताइन् । उनले  मध्यपहाडी राजमार्गलाइ लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्यपहाडी राजमार्ग परियोजनालाई पूर्णता दिंदै मध्यपहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारले विश्वास लिएको उनको भनाई छ । 

कार्यक्रममा वोल्दै मन्त्री शर्माले नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको बताइन् । देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको र यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको उनको भनाई छ । 

नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यक्रममा जानकारी दिइन् । नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुलाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताउँदै उनले यो प्रदेशका मोरङ, खोटाङ र उदयपुरलाई नमूना जिल्लाको रुपमा राखिएको बताइने । उनले भनिन् ‘नमूना जिल्लाले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरुमा पनि सेवा सुधार गर्न सहयोग पुग्नेछ ।’ 

दूरसञ्चार क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन नीति र प्रशासनिक दुुबै खालका काम अघि बढाइएको बताउँदै मन्त्री शर्माले लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद विक्री प्रकरणमा छानविन गर्न समिति बनाउनेलगायतका काम सरकारले गरिरहेको बताइन् । उनले यो वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी अघि बढाएको बताइन् । ‘अब जतिसक्दो चाँडो हामी डिजिटलाइजेसनमा जानुपर्छ । त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य शर्त हो’ उनले भनिन् ‘दूरसञ्चार क्षेत्रको विकासले मात्र डिजिटलाइजेसनमा योगदान दिने भएकाले पनि यसलाई बढी प्राथमिकता दिनुपर्ने अवस्था छ।’ 

मध्यपहाडी लोकमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गरिएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार मध्यपहाडी लोकमार्ग अन्र्तगत कोशी प्रदेश भित्र कूल ६८३ किलोमिटर दूरीमा सूचना महामार्ग निर्माण गरिएको छ । उक्त कार्यअन्तर्गत हालसम्म १५ हजार किलोमिटर अप्टिकल फाइवर बिछ्याउने कार्य पूरा भएको छ । 

  • Dhankutapress

थप