Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

कोप्चे उत्सवको दोस्रो दिन निक्कै चहलपहल वढ्यो

यूवा पुस्ता नाचगानमा, उमेर ढल्केकाहरु खान्ते पिन्तेमा

  •   ३ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा चैत ३० गतेदेखि शुरु भएको दोस्रो कोप्चे उत्सवको दोश्रो दिन नेपाली नयाँ वर्षको पहिलो दिनको साँझ निक्कै चहलपहल देखिएको छ । 

धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन चैत ३० देखि बैशाख २ गतेसम्म बिहिबारे हटियामा उत्सव गरिएको छ । उत्सवमा स्थानियको निक्कै भिड लागेको देखिन्छ । 

सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्थाको आयोजनामा दोश्रो कोप्चे उत्सव भैरहेको छ । केही वर्ष अघिसम्म धनकुटा मुख्य बजारको रुपमा रहेको कोप्चेक्षेत्र पछिल्लो समय सुनसान बन्दै गएपछि गत वर्षबाट पुरानै चहलपहल फर्काउन भन्दै नयाँ वर्षको अवसरमा कोप्चे उत्सव सुरु गरिएको हो । 

कोप्चे क्षेत्रको मौलिक नेवारी र आठपहरिया कला, संस्कृति, भेषभुषा, रहनसहन तथा खानाको संरक्षण र प्रवद्र्धनका लागि फेस्टिबल आयोजना गरिएकोे आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले बताएका छन् । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिकारसहितका २० वटा स्टल रहने छन् । 

त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु पनि खेलाइएको छ । धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि राखिएको छ । साँझ पख निक्कै भिडभाँड देखिएको छ । विभिन्न वेण्डका राष्ट्रिय कलाकारहरुको उपस्थिति र साँगितिक प्रश्तुतीले गर्दा दोश्रो कोप्चे उत्सव तातिएको छ । 

हेर्नुहोस फोटो फिचर :


  • Dhankutapress

सम्बन्धित समाचारहरु

थप  

थप