Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधरणसभा सम्पन्न

विभिन्न विधामा नगद पुरस्कार र सम्मान, मासिक वचत नवुझाउने ऋणी सदस्यहरुलाई लाभांस नदिने

  •   ५ महिना अघि | १५ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/ ‘संस्थागत सुशासन, आर्थिक न्याय र सहभागीता, वनाऔं तिन खम्बा अर्थतन्त्रमा’ भन्ने मूल नाराको साथ राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको २४ औं वार्षिक साधरणसभा सनिवार भव्य रुपमा सम्पन्न भएको छ । 

प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधरणसभामा सहकारीका अध्यक्ष ललित कुमार वि.के. ले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रश्तुत् गरे । अध्यक्ष वि.के.ले आ.व.०७९/०८० को असार मसान्तसम्ममा सहकारीको शेयर सदस्य संख्या महिला १ सय ५ र पुरुष २ सय ५३ गरी ३ सय ५९ पुगेको जानकारी गराए ।  त्यसैगरी वित्तिय कारोवार अन्तर्गत संस्थाको शेयर पुँजी ५८ लाख, ९८ हजार, १ सय र संस्थाको नियमित वचत २ करोड, ६५ लाख, ३ हजार, ९ सय ८१ रुपयाँ पुगेको बताएका छन् । अध्यक्षका अनुसार संस्थाको स्वेच्छिक वचत ९९ लाख, ३७ हजार, ६ सय, ८० रुपयाँ र आवधिक वचत तर्फ ६ लाख कायम भई कुल वचत ३ करोड, ४१ लाख, ७० हजार, ६ सय, ६१ रुपयाँ पुगेको छ । 

त्यसैगरी स्ंस्थाको ऋण लगानी ३ करोड, ९७ लाख, ४४ हजार पुगेको छ भने अशुली १ करोड, २४ लाख, ४७ हजार, ९ सय, ६१ रुपयाँ हुन पुगेको छ । संस्थाको कुल आम्दामी भने ५४ लाख, ४ हजार, ५ सय, ७३ रुपयाँ भएको छ भने खर्च ४७ लाख, ७८ हजार, ८ सय, १९ रुपयाँ भएको अध्यक्ष वि.के.ले बार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेका छन् । 

अध्यक्ष वि.के.ले चालु आ.व.मा नीतिगत तथा अन्य व्यवस्था सुधारका प्रस्तावहरु वित्तिय नीतिहरु, संस्थाले दिने व्याजदर, सदस्यता विस्तार, सामाजिक कल्याण सम्वन्धि नीतिहरु, संचालन उपभोग खर्च, सहकारी शिक्षा, अन्य अन्तर सम्वन्ध, सहकारीको चुनौती र सुधार गर्नु पर्ने पक्षहरुलाई सविस्तार व्याख्या गरेका छन् । उनले आ.व. ०७९/०८० मा शेयर सदस्यहरुलाई १० प्रतिसतका दरले शिक्षा, स्वास्थ्य खर्च वितरण गरिएको र लाभांश कोषबाट ५ प्रतिसतका दरले नाफा वितरण गरिने स्पष्ट पारेका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन राष्ट्रिय साकोस धनकुटाका संयोजक तेजप्रसाद अधिकारीले प्रश्तुत् गरेका थिए । 

२४ औं साधरणसभाको उद्धघाटन सत्रमा सहकारीको जेष्ठ सदस्यहरु वर्ष ७१ की विन्द्र राई र वर्ष ७० का भीम वहादुर आलेलाई दोसल्ला, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिएको छ । त्यसैगरी शेयर सदस्यहरु चित्रकुमार सुवालकी छोरी आयुष्मा सुवाल र शारदा प्रसाद धमलाका छोरा आयुष धमलालाई उत्कृष्ठ छात्र–छात्राको रुपमा सम्मान  गरिएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ । 

सहकारीले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई पनि नगद दोसल्ला, प्रमाणपत्र र १० कित्ता शेयरले सम्मान गरेको छ । जस अन्तर्गत उत्कृष्ठ शेयर  सदस्य पुरस्कार पाउनेहरुमा नगेन्द्रमणि श्रेष्ठ, सृजना श्रेष्ठ, चित्र कुमार सुवाल र तारा दाहाल रहेका छन् । त्यसैगरी ऐच्छिक वचत तर्फ मोहमद यूनुस राई, महिला तर्फ विना कुमारी कट्टेल, ऋणको व्याज तर्फ मैया रसाईली र विश्व प्रकास जोशीलाई पुरस्कृत गरिएको छ । 

साधरणसभाको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश माननिय इन्द्रमणी पराजुलीले भने–‘राष्ट्र निर्माण र आर्थिक विकासमा राष्ट्रसेवक कर्मचारीहरुको ठूलो योगदान रहेको छ ।’ ‘देशको ६९ जिल्लामा फैलिएको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थालाई अझै वढाउँदै सहकारीको माध्यामबाट आर्थिक विकास गरी राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याउन म आग्रग गर्दछु–पराजुलीले भने । 

कार्यक्रमका विशेष अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय महासचिव राष्ट्रसेवक तथा वचत तथा ऋण सहकारी संस्था मोरङका अध्यक्ष जीवन काफ्लेले भने–‘आर्थिक सहभागिता सहितको संगठन निर्माण अभियानमा लागेको नेपाल निजामती कर्मचारी संगठन अहिले देशको ६९ जिल्लामा संगठन विस्तार गरेर २५÷२६ हजार भन्दा वढी सदस्य संगठित गराई ३ अरब भन्दा माथि पुँजी परिचालन गरिरहेको छ ।’ 

राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका अध्यक्ष ललित वि.के.का अध्यक्षतमा सम्पन्न २४ औं साधरणसभामा विशेष अतिथिहरु नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य एवम् धनकुटा इन्चार्ज गोविन्द खत्री, पेशागत महासंघका केन्द्रिय सदस्य यज्ञ प्रकास चापागाँई, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए । 

त्यसैगरी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य फडिन्द्र अधिकारी, खगेन्द्र प्रसाद नेपाल, प्रदेस अध्यक्ष काशीराज पराजुली, राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाका सल्लाहकार संयोजक जयराम श्रेष्ठ,नेपाल निजामती कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदी, राष्ट्रिय सहकारी वैंक धनकुटाका प्रतिनिधि अमृता मैनाली, धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष खेमनाथ घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव इन्द्र वहादुर पोख्रेलले गरेका थिए । 


  • Dhankutapress

थप