धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/ धनकुटा वचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटा–७ ले १९ औं बार्षिक साधरणसभामा सनिवार सम्पन्न गरेको छ ।
सहकारीका संचालकले संस्थाको लगानी नउठेको कारण यो वर्ष लाभांश वितरण नगर्ने भएपछि साधरणसभा सहभागी शेयर सदस्यहरु हिस्स परेका छन् । हरेक वर्ष आयोजना हुने सहकारीको वार्षिक साधरणसभाले शेयर सदस्यहरुलाई आफ्नो लगानीको १५ प्रतिसतसम्म लाभांश दिने गरेका थियो । तर, यो वर्ष १ पैसा पनि लाभांश नपाएका सहकारीका शेयर सदस्यहरुले एकै श्वरमा भने–‘ज–जस्ले सहकारीको ऋण खाएर साँवा व्याज फिर्ता गरेका छैन्न, तिनलाई ऐन वमोजिम हदैसम्मको कार्वाही गर्नु पर्छ ।’
साधरणसभाका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भने–‘धनकुटा नगरपालिका भित्र सर्वसाधरणको निक्षेप अपचलन गर्ने १७ वटा सहकारीहरुलाई कार्वाही गरिसकेको छु ।’ सहकारीमा नगरवासीले जम्मा गरेको निक्षेप अपचलन गर्ने द्रव्य पिसादहरुलाई जसरी भएपनि कानुन बमोजिम अशुल उपर गर्छु, जस्का लागि शेयर सदस्यहरुले साथ दिनु पर्छ ।’ उनले भने–‘धनकुटा नगर भित्र ५ देखी ७ करोडसम्म सर्वसाधरण नागरिकको पैसा सहकारी संचालकहरुले अपचलन गरेको उजुरी परेको छ ।’ ‘सहकारीको गिरोह बनेर जनताको पैसा खाएर भूमिगत भएका द्रव्य पिसादहरुलाई म कुनै पनि हालतमा छोड्दिन’–प्रमुख तामाङले भने ।
१९ औं वार्षिक साधरणसभामा अध्यक्ष खेमनाथ घिमिरेले सहकारी संस्थाको तर्फबाट प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै आ.व.०७९/०८० को वार्षिक वित्तिय कारोवारको वारेमा जानकारी गराएका छन् । उनले ०८० सालको असार मसान्तसम्ममा ३ करोड, ३६ लाख, ६१ ह्जार, २ सय, ६९ रुपयाँ निक्षेप वचत संकलन भएको बताए । सहकारीको १ हजार ४५ जना शेयर सदस्य रहेकोमा आ.व.को अन्त्यसम्ममा कुल पूँजी १ करोड, १७ लाख, ४० हजार, ५ सय रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले संस्थाको आय तर्फ ऋण लगानी ७ करोड, ३७ लाख, ५६ हजार, ६ सय, १२ रुपयाँ, शेयर तथा अन्य लगानी २२ लाख, ३५ हजार, वाह्य कोष २ करोड, ९१ लाख, १६ हजार, ५ सय ६३, कोष हिसाव ६७ लाख, ५१ ह्जार, ८ सय, ४५ रुपयाँ र शेयर फिर्ता १७ लाख, ५९ हजार, ९ सय रुपयाँ गरिएको जानकारी गराएका छन् ।
सो अवसरमा संस्थाका कोषाध्यक्ष केदार दाहालले आ.व.०७९/०८० को लक्ष्य प्रगती तथा आ.व.०८०/०८१ को लागी वार्षिक प्रस्तावित कार्य योजना प्रश्तुत् गरेका थिए । त्यसैगरी लेखा समितिको प्रतिवेदन संस्थाका सचिव ठगेन्द्र अधिकारीले प्रश्तुत् गरेका थिए ।
सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, महिला हित वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तारा तितुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यो वर्ष सहकारीले लाभांश वितरण नगरेसंगै शेयर सदस्यहरुलाई उत्कृष्ठ ऋणी, उत्कृष्ठ शेयर खरिद गरेवापत र उत्कृष्ठ निक्षेपकर्ताको सम्मान एवं पुरस्कार वितरण पनि गरेन । कार्यक्रमको संचालन समितिका सदस्य ठगेन्द्र अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य धुममाया राईले राखेको थिए ।

- Dhankutapress