Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

बचतकर्ताको पैसा अपचलन गर्ने सहकारी संचालकहरुलाई कानुनी दायरामा ल्याएरै छाड्ने चेतावनी

दोषीलाई नगरपालिकाले दिने सवै सेवा ठप्प पारेर कार्वाहीको लागि अख्तियारमा सिफारिस गर्ने

  •   ४ महिना अघि | २१ पुस २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगर क्षेत्रमा ६ करोड भन्दा वढी पैसा अपचलन गर्ने सहकारीका संचालकहरुलाई जसरी भए पनि कानूनी दायरा ल्याउनु पर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

’सहकारीको दिगोपना, स्वनियमन र सुशासन‘ भन्ने मूल नाराको साथ शुक्रवार सम्पन्न जिल्ला सहकारी संघ लि. धनकुटाको १२ औं वार्षिक साधरणसभाको उद्धघाटन सत्रलाई सम्वोधन गर्ने अधिकांश वक्ताहरुले यस्तो जोड दिएका हुन् । 

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका केन्द्रिय उपाध्यक्ष एवं राष्ट्रिय सहकारी वैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोख्रेलले शेयर सदस्य नबनाई बचतकर्ता मात्र बनाएर पैसा निक्षेप संकलन गरेर हिनामिना गर्ने सहकारीका संचालकहरुलाई कानूनी दायरामा ल्याएर छाड्ने बताएका छन् । उनले देशैभरी सहकारीका संचालकहरु सहकारी नीति, सिद्धान्त र पद्धति विपरित हिड्न थालेकाले सरकारसंगको समन्वयमा केन्द्रिय सहकारी संघले कार्वाहीको प्रक्रिया अघि बढाई सकेको बताए । 

उनले सहकारी भित्र गलत प्रकृतिका मान्छेहरुले आफू खुशी सहकारी चलाउन खोजेकाले दिनप्रतिदिन कानूनी काठघरमा उभ्याउन थालिएको दर्जनौं उदाहरण समेत अध्यक्ष पोख्रेलले सुनाए । उनले थपे–‘सहकारी भनेको सामाजिक व्यवसाय गर्ने संस्था हो, संचालकहरुले सहकारीको नीति, नियम उलंघन गर्छन, वचतकर्ताको निक्षेप अपचलन गर्छन भने संसारको जुनैसुकै कुनामा गएर लुकेपनि नछोड्ने, कार्वाहीको भागीदार बनाएर छोड्छौं ।’ 

त्यसैगरी साधरणसभाका विशेष अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरपालिकाको हिले वजार र जिल्ला सदरमुकाम धनकुटा वजारमा रहेका सहकारीहरुले ६ करोड भन्दा वढी रकम हिनामीना गरेको उजुरी परेको सुनाए । उनले भने–‘७२ वर्षिया वृद्धले छोराले वैदेशिक रोजगारीबाट कमाएर पठाएको पैसा वुहारीले सहकारीमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै रुदै कार्यालयमा आएर लिखित उजुरी दिएका छन् ।’ अहिले ७२ वर्षिया वृद्ध र उनकी वुहारीलाई त्यो घरमा ठूलो आर्थिक संकट परेको पिडा सुनाउँदा साधरणसभा सहभागी सदस्य एवं सरोकारवालाहरु स्तब्ध बनेका थिए । 

किनभने छोराले ४५ डिग्री चर्को घाममा विदेशमा कमाएको पैसा सहकारीले हिनामिना गरेको छ । उता छोरा ५ वर्ष पछि घर आउँदैछ र वुहारीलाई उस्ले भन्दैछ, मैले कमाएको पैसा ठिक पार हैन भने तलाई ठिक पार्छु । ’सहकारीको संचालकहरुले निक्षेप संकलन गरेर हिनामिना गरेको कारण आज परिवारमा हिंसा, द्धन्द्ध भड्किने स्थिति छ’–यो के हो भन्दै नगर प्रमुख तामाङ कट्किए ।  उनी जस्तै धनकुटा नगरपालिकमा उजुरी दिनेको संख्या सयौं रहेको प्रमुख तामाङले बताए । 

धनकुटा नगरपालिकामा पछिल्लो समयमा सहकारीले आर्थिक हिनामीना गरेको उजुरीको चाङ्ग लाग्न थालेपछि विभागको निर्देशन वमोजिम रणनीति बनाएर सहकारी संचालकहरुलाई नियमन गर्न थालेको बताए । उनले भने–‘जनताको पैसा खाएर, मासेर मोजमस्ती गर्नेलाई कुनै पनि हालतमा नछोड्ने, खराव व्यक्ति जान्छ, संस्था बचाएर लानु पर्छ ।’ प्रमुख तामाङले भने–‘नगरले आवश्यक प्रक्रिया पुरा गरेर दोषी ठहरिएकाहरुलाई निक्षेप फिर्ता गर्नको लागि पहल गर्ने भएन भने नगरपालिकाले दिने सवै सेवा ठप्प पारेर अख्तियारमा कार्वाहीको लागि सिफारिस गर्छु ।’

तिन जना सहकारीका व्यवस्थापक र २ जना अभियान्तालाई विशेष सम्मान :

सो अवसरमा तिन जना सहकारीका व्यवस्थापक र २ जना अभियान्तालाई विशेष सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा हिमाली ग्रामिण वहुउदेश्यि सहकारी संस्था लि.का व्यवस्थापक मनोज पौडेल, सुलभ वचत तथा ऋण सहकारी संस्था लि.सिधुवाका नीरा अधिकारी र डाँडा वजार वहुउदेश्यि सहकारी संस्थाका भवानी प्रसाद घिमिरे रहेका छन् । त्यसैगरी सगरमाथा दुग्ध चिस्यान वहुउदेश्यिर सहकारी संस्था लि. सिधुवा धनकुटाका संस्थापक एवं सहकारी अभियान्ता प्रेम प्रसाद ढकाल र सहकारी अभियन्ता स्व.दुर्गा दाहालका धर्मपत्नी मञ्जु दाहाललाई दोसल्ला, कदर पत्रले सम्मान गरिएको छ । 

सम्मानित हुनेहरुलाई साधरणसभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका केन्द्रिय उपाध्यक्ष एवं राष्ट्रिय सहकारी वैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोख्रेल र विशेष अतिथि धनकुटा नगरका प्रमुख चिन्तन तामाङले कदर पत्र, दोसल्ला, खदा ओडाएर सम्मान गरे । 

जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीका अध्यक्षतामा सम्पन्न १२ औं साधरणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष सुवेदीले वार्षिक प्रतिवेदन प्रश्तुत् गरे । लेखा तथा सुपरिवेक्षेण समितिका संयोजक राजेन्द्र वस्नेतले लेखा समितिको प्रतिवेदन प्रश्तुत् गरे । कार्यक्रममा सुलभ वभच तथा ऋण सहकारी संस्था लि धनकुटा सिधुवाका अध्यक्ष मेघेन्द्र गुरुङ, दुग्ध उत्पादक सहकारी संघ धनकुटाका अध्यक्ष नारद कट्वाल, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, सल्लाहकार रेणु श्रेष्ठ र निवर्तमान जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

अन्य तस्विरहरु : (फोटो फिचर) 


  • Dhankutapress

थप