Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

चैत्र २३ गते देखी प्रथम हिले महोत्सव

तेश्रो हिले बक्रकुण्ड गोल्डकप तथा अन्तरपालिका भलिवल पनि हुने

  •   १ महिना अघि | १८ चैत्र २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटाको हिलेमा पर्यटन प्रवद्र्धन तथा स्थानिय व्यापार व्यवसायको प्रचार प्रसार गर्ने उदेश्यले आगामी चैत्र २३ गते देखि हिले महोत्सव हुने भएको छ । 

रामनवमी पर्वको अवसरमा पारेर आयोजना हिले महोत्सव–०८०, फुटवल तथा भलिवल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष राजकुमार तामाङ (राजु) ले आईतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । 

हिले फुटवल क्लवको आयोजनामा हुने लागेको प्रथम हिले महोत्सव २१ दिनसम्म संचालन हुने अध्यक्ष तामाङले वताए । महोत्सवमा ५५ लाख रुपयाँ बराबरको कारोवार हुने अनुमान गरेका छन् । 

त्यसका साथै तेश्रो हिले बक्रकुण्ड आमन्त्रण गोल्डकप तथा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता समेत आयोजना हुने हिले भलिवन क्लवका अध्यक्ष सन्जिव तितुङले जानकारी दिएका छन् । फुटवल प्रतियोगितामा ८ वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगद, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् भने द्धितिय हुनेले ५० हजार नगद मेडल र प्रमाणपत्र पाउने छन् । 

त्यसैगरी अन्तरपालिका स्तरिय भलिवल प्रतियोगितामा प्रथम हुनेले १ लाख, ५० हजार नगद, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुनेले ७५ हजार नगद, मेडल र प्रमाण पाउने आयोजक संस्थाका अध्यक्ष तितुङले वताए । हिले फुटवल ब्लवको आयोजनामा हुन लागेको गोल्डकप प्रतियोगिताको कुल खर्च १२ लाख र भलिवल प्रतियोगिताको १५ लाख हुने वताइएको छ । 

  • Dhankutapress

थप