Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको उत्तरपानीमा सोनाम ल्होछारको रौनक

  •   ९ महिना अघि | २६ माघ २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

उत्तरपानी/मञ्जुश्री सम्बत २८६२ को सोनाम ल्होछार ता ल्हो आगमनसंगै नयाँ वर्षलाई स्वागत गर्न शुभकामना आदन प्रदान एवं ल्होछार साँस्कृतिक कार्यक्रम सनिबार धनकुटाको उत्तरपानी बजारमा सम्पन्न भएको छ । उत्तरपानी ल्होछार समितिको आयोजनामा सम्पल्न भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य विष्णु मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सुर्य पञ्चाङ्ग पात्रोनुसार सोनाम ल्होछार गएको शुक्लप्रतिपदा तद्नुसार माघ ५ गते परेको भएपनि ता ल्हो घोडा वर्ष भने चन्द्रपात्रोनुसार आउँदो फागुन ५ गते देखी मात्र ल्हो फिर्ने भएकाले यस वर्षको ल्होछार एक महिनासम्म निरन्तर चल्ने देखिन्छ । कतिपयले दर्ज्यु, लुङ्गदर राखि सकेका छन् भने कतिपयले आगामी फागुन ५ मात्र राख्ने र ल्होछार मनाउने तयारी गरीरहेका छन् । हरेक तिन वर्षमा शेर्पा समुदायको ग्याल्वो ल्होछार र तामाङ समुदायको सोनाम ल्होछार एकै पटक पर्ने गरेको छ । यस वर्ष पनि मञ्जश्री पात्रोको वर्षचक्र अनुसार त्यहि भएको छ । उक्त कार्यक्रममा पाख्रीवास नगरपालिकाका नगर प्रमुख ज्ञानवहादुर गुरुङ्ग कार्यक्रममा विशेष अतिथि थिए । त्यसैगरी जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङलाई कार्यक्रमको विशेष अतिथि बनाएपछि उनी अनुपस्थित् रहे । अघिल्ला वर्षहरु पनि समन्वय प्रमुख तामाङलाई उत्तरपानीमा आयोजना भएको ल्होछार कार्यक्रममा विशेष अतिथि मात्र बनाएपछि कार्यक्रम स्थलमा आएर पनि कार्यक्रममा आतिथ्यता नजानाई फर्किएका थिए । उनले आतिथ्यता ग्रहण नगर्नुलाई पनि स्वभाविक मानिन्छ, किनभने जिल्ला समन्वय प्रमुख भनेको जिल्लाभरमा पदिय हैसियत र गरिमा अनुसार मर्यादा क्रमनुसार प्रथम स्थानमा राख्ने गरिन्छ । जननिर्वाचित पदाधिकारी एवं सदस्यहरु भन्दा क्लवका प्रमुख, संघसंस्थाका प्रमुख एवं अध्यक्षहरुलाई पहिला आसन ग्रहण गराएर कार्यकारी वडाध्यक्षलाई पछि मात्र नाम लिदाँ वा सम्वोधन गर्दा मर्यादा चाँही अलिक नमिलेको हो कि भन्ने जो कोहिलाई जिज्ञासा रह्यो ।  कार्यक्रममा ल्होछार समितिका संयोजक गजमसिं घिसिङ्ग तामाङको अध्यक्षता, स्वागत मन्तब्य समावेसेवी एवं युवा नेता धनवहादुर मोक्तानले कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए । त्यसैगरी कार्यक्रमका विशेष अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानवहादुर गुरुङ्गले नगरपालिकाले आ.व.०८२/०८३ संचालन गरिरहेको करोडौंको बजेट तथा कार्यक्रमको बारेमा फेयरिस्त बजेट भाषण झै गरेर सुनाएका थिए । साथमा थियो राष्ट्रिय कलाकारहरु विशाल थिङ्ग, पासाङ्ग दावा घिसिङ्ग र सृजना राईले सयौं दर्शकहरलाई तामाङ सेलो लगायत मौलिक गीत संगीतले नचाउँदै मनोरञ्जन दिलाएको थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा, जिल्ला अध्यक्ष पेमा लामा, पुर्व जिल्ला घेदुङका सचिव सन्तवीर मोक्तान, यूवा नेता जयन्द्र घिसिङ लगायतको पनि उपस्थिति रहेको थियो । साथमा, विभिन्न स्थानिय क्लबका स्थानिय कलाकारहरु, तम्बा, वोन्बो, लामा एवं डम्फुरेहरुले आ–आफ्नो प्रश्तुती पस्किएका थिए । कार्यक्रम सम्पन्न गर्न पाख्रीवास नगरपालिकाले ५० हजार, समाजसेवी, व्यवसायी, प्रभासमा रहेका तामाङ समाज र संस्कृतिलाई माया गर्ने प्रभासी तामाङ दाजुभाई तथा दिदिवहिनीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको संचालन युवा शिक्षाप्रेमी लोकेन्द्र घिसिङले गरेका थिए । 

  • dhankutapress

थप