Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

राज्यद्धारा भएको स्वेत आतंक बन्द गर्न चेतावनी

सन्दर्भ : मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण आयोजना

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८१, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ताप्लेजुङ्ग जिल्लाको मुक्कुमलुङ्ग क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर भएको मसाल जुलुसमा राज्य पक्षले नागरिक माथि स्वेत आतंक मच्चाएको भन्दै विभिन्न लिम्वू थरगत संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर घट्नाको निन्दा गर्दै विरोध जनाएका छन् ।

ताप्लुजुङ्गको मुक्कुमलुङ्ग क्षेत्रमा पदयात्राको क्रममा फागुण–१० गते साँझ मुक्कुमलुङ्ग संरक्षणकर्मीहरुले फुङ्गलिङ्ग बजारमा निकालेको मसाल जुलुस सहितको र्यालीमा घरबाट ढुङ्गा, खाली बोतलले हानेपछि झडपको स्थिति सृजना भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । झडपको क्रममा प्रहरीले बल प्रयोग गरेर फुङ्गलिङ्ग बजारको स्थिति नियन्त्रणमा आइसकेपछि प्रहरीले लज, होटलहरुमा पसेर पदयात्री एवं मुक्कुमलुङ्ग संरक्षणकर्मीहरुलाइै खोजी–खोजी निर्ममतापुर्वक कुटपिट गरेर अंङ्गभङ्ग बनाउने काम भएको भन्दै विज्ञप्ति मार्फत राष्ट्रिय, अन्तराष्ट्रिय पक्षमा ध्यानआकर्षण गराइएको हो । 

प्रहरीद्धारा कुटपिट गरेर घाईते बनाइएकोहरुलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको लागि लाँदा शसस्त्र प्रहरीले अस्पताल नै घेरा हालेर घाईतेहरुलाई उल्टै धरपक्कड गरि पक्राउ गरेको थियो । सोही क्रममा स्थानिय प्रदिप मादेन घरभित्र खाना पकाईरहेको र अन्य खाा खाईरहेको अवस्थामा प्रहरीले बाहिरबाट अश्रुग्याँस हानेर धरपक्कड गरेको थियो । घट्नामा परी गम्भिर घाईते भएका ४ जनाको धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ भने कतिपयको पान्थर जिल्ला अस्पतालमा र कतिपयको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ । प्रहरीले धरपक्कडको क्रममा पक्राउ गरेको कतिपय मुक्कुमलुङ्गकर्मीको स्थिति अहिलेसम्म सार्वजानिक गरिएको छैन । 

उनीहरुले विज्ञप्तिमा भनेका छन्–‘ताप्लेजुङ्गको केबलकार घट्नामा सरकार पक्षले विश्वव्यापी मानव अधिकारको गम्भिर उलंघन गरेको छ ।’ सरकारले निषेधआज्ञा लगाएर केहि दिन शान्ति स्थापना गर्न त सक्ला, तर यसको दिर्घकालिन असर र प्रभाव अत्यन्तै प्रत्युत्पादक हुने विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिको अन्त्यमा भनेका छन्–‘ताप्लेजुङ्गको मुक्कुमलुङ्ग क्षेत्रमा केबलकार बनाउने नबनाउने भन्ने विषयमा उत्पन्न द्धन्द्धलाई समयमै उचित प्रकारले निकास दिन राष्ट्रिय, अन्तराष्ट्रिय पक्षलाई यो प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन चाहान्छौं ।’

मुक्कुमलुङ्ग क्षेत्र भनेको मुन्धुमी साँस्कृतिक, आध्यात्मिक आस्थाको स्थल हो । मुक्कुम्लुङ आध्यात्मिक स्थलमा आस्था राख्ने सारा मानव समुदायको साझा धरोहर पनि हो । ‘मुन्धुमी, साँस्कृतिक, आध्यात्मिक पवित्र आस्थाको स्थलको मुल्य र मान्यताको आधारमा मुक्कुमलुङ्ग क्षेत्रमा वातवरण पर्यावरण, आध्यात्मिक आस्थाको पवित्र स्थललाई प्रतिकुल प्रभाव पार्ने ठूला संरचना निर्माण सहित कुनै पनि प्रकारको सरकारी तथा गैह्रसरकारी एवं मानविय गतिविधि गर्न मिल्दैन’–विज्ञप्तिमा उल्लेख छ । सरकारले एकजना व्यक्तिको निजि केवलकार निर्माण स्थलमा सुरक्षा दिन तल्लो फेदि काफ्ले पाटीमा राखेको नेपाल प्रहरी, सशस्त्र प्रहरी फिर्ता गर्न, सुरक्षा दिने नाममा विभिन्न बहानामा गरिएको कदमको नेपाल सरकारको गृह मन्त्रि र प्रदेस सरकारको आन्तरिक मामिला तथा कानून् मन्त्रि समक्ष यस अघि नै जानकारी गराई सकिएको पनि जानकारी दिइएको छ ।     

यसरी मुक्कुमलुङ्गमा सरकारी ज्याजतिले सिमा नाघ्यो यसको सशक्त प्रतिरोध गरौं भन्दै लिम्बू थरगत संस्थाहरुले विज्ञप्तिमा राष्ट्रिय, अन्तराष्ट्रिय समुदाय, मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजलाई घट्नाको विषयमा गम्भिर भईदिन आग्रह गर्दै सामाजिक न्यायको लागि आग्रह छन् । विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा नन्द कन्दङ्गवा संयोजक लिम्वूथरगत संस्थाहरु, माननिय विश्वदिप लिङ्गदेन संविधानसभा सदस्य, संयोजक याङ्गवारक थुम, चेवन तुम्वाहाङ्ग संयोजक छथरथुम, श्री लिङ्गखिम संयोजक तमोर थुम, खगेन्द्र बरुम्हाङ्ग संयोजक मौवा थुम रहेका छन् । 

त्यसैगरी विजयवोध लावती संयोजक पान्थर थुम, भूमिका फियाक संयोजक फाक्फोक थुम इलाम, प्रबेग हाङ्गस्रोङ्ग संयोजक फेदाप थुम, जय प्रकास इङ्गनाम संयोजक आठराई थुम्, प्रेम येक्तेन सदस्य संघीय अध्यक्ष किराँत याक्थुङ्ग चुम्लुङ्ग, डा.कमल तिगेला सदस्य, शंकर लिम्वू सदस्य, राम मादेन सदस्य, नरप्रसाद लुम्फुङ्गवा सदस्य, अमृत थेवे सदस्य र गोविन्द आङ्गवुङ्ग सदस्यले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

दर्जनौं घाईते  :

हालसम्म राम राई इलाम, संविधानसभा सदस्य राजकुमार नाल्वो दमक, शिशिर लिम्वू ताप्लेजुङ्ग, समर इङ्गदेन ताप्लेजुङ, एन.के. दर्नाल धरान, विजय वनेम ताप्लेजुङ, दिनेश राई, लक्ष्मी शेर्मा, शुशिला राई, रेगन राई पत्रकार, अनुप योङ्गहाङ्ग पत्रकार, सुनिल आङ्गवो, मछिन्द्र लोवा, धनकुमार लोवा लगायत गरी दर्जनौं मुक्कुमलुङ्गकर्मीहरु घाईते भएका छन् । घाईतेहरुको विपि कोईराला स्वास्थ्य विज्ञान धरान, पान्थर जिल्ला अस्पताल र ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।    

  • dhankutapress

थप