Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको निशान मन्दिरमा स्थापना गरियो घटस्थापना

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/देशै भरका शक्तिपिठहरुमा विहिवार विधिवत रुपमा घटस्थापना गरिएको छ । यस्तै धनकुटाको निशान भगवती मन्दिर परिसर स्थित दशैं घरमा पनि उक्तम शाईत बुधबार बिहानको ९ बजेर १६ मिनेटको जमरा राखेर घटस्थापना गरिएको हो । 

धनकुटा नगरपालिका–६ स्थित विचबरमा रहेको निशान भगवतति मन्दिरमा वि.स. १८३१ सालदेखि निरन्तर दशैको जमरा राखिदै आईएको छ । मन्दिरमा घटस्थापनाको दिन विधिपूर्वक धान, जौं, मकैको जमरा रखिएको छ । आज राखिएको उक्त जमरा दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । मन्दिरमा बजार बजारका स्थानियहरुले समेत जमारा राख्न ल्याउने गरेका छन् ।

घटस्थापनाका दिन स्थानियले ल्याएर राखिएको धान, जौ र मकैको जमरा विजया दशमीको दिन देवि विर्सजन पछि उनीहरुलाई वितरण गरिने छ । मन्दिरमा नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण समेत पनि गरिन्छ । मन्दिरमा नवरात्रको पहिलो दिनदेखी नवौदिन सम्म विभिन्न देवीदेवताको पुजाआरधना गरीने निशान मन्दिरका पुजारी रमेश नेपालले बताए ।

 यसैबीच पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता देवीको पुजाको पुजा गरीन्छ । त्यस्तै  छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गरीन्छ ।

  • dhankutapress

थप